अनेसास सर्बोत्कृष्ट पुस्तक बिजेता हुन् पाएकोमा आत्मा सम्मान बढेको महसुस गरेको छु : चर्चित साहित्यकार दामोदर पुडासैनी ‘किशोर’

इनेप्लिज २०७२ कार्तिक २९ गते १९:४५ मा प्रकाशित

Damodar-Pudasaini

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले हरेक दुई बर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ का बिजेताहरु पुरस्कार लिन बिश्वका विभिन्न राष्ट्रहरुबाट अमेरिका आउने क्रम जारी छ l

अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१५ का प्रथम बिजेता चर्चित साहित्यकार दामोदर पुडासैनी “किशोर’ अमेरिकाको टेक्सासमा अवतरण गरि सक्नु भएको छ l

अमेरिकाको डिसी महानगर क्षेत्र बाट संचालित ईनेपलिज़ संग कुरा प्रथम पुरस्कार बिजेता पुडासैनीले टेक्सास बाट संचार माध्यम बाट कुराकानी गर्दै विश्वका कैयौ पुस्तकहरु मध्ये आफुले अनेसास सर्बोत्कृष्ट पुस्तक जित्न सफल भएकोमा हर्ष लागेको बताउनु भएको छ

र पुडासैनीले यो पुरस्कार बाट आफ्नो आत्म सम्मान बढेको र अझ सामाजिक गरिमा वृद्धि भएको छ भन्नु भयो l जसको कारण अझ जिम्मेबार बढेकोले मेरो लेखनमा अगाडी झन् यसले मदत गर्ने छ भन्नु भयो l

श्रस्टा पुरस्कार पाउने भनेर कलम चलाएको हुदैन भन्दै आफ्नो शोख र निहित प्रतिभालाई प्रस्फुटन गर्न कलम घुमाउने गर्ने गरेकोले म पनि त्यो पाउने आशामा नरहेको स्पस्ट पार्नु भएको छ l

वहाले थप विचार पोख्दै पुरस्कार बाट स्रस्टालाई सामाजिक मान्यता प्राप्तको साथै त्यो हौसलाले मलजलको काम गर्ने बताउदै अनेसासलाई धन्यवाद दिनु भएको छ l

वहाले लेख्नु भएको नमेटिएका चित्रहरु (यात्रा संस्मरण )पुस्तकले प्रथम स्थान प्राप्त गरेको छ भने वहाको यो कृतिलाई अंग्रेजीमा पनि अनुबाद गर्ने पहल गरि रहेको अनेसास का संस्थापक तथा उपन्यासकार होमनाथ सुबेदीले बताउनु भएको छ l

अनेसास का गुठीका बर्तमान अध्यक्ष डा श्याम कार्कीले वह जस्तो व्यक्तिलाई यो पुरस्कार दिन पाउँदा हामी औधि खुसि लागेको छ भन्दै वहा यो पुरस्कारको लागि योग्य हुनु हुन्छ भन्नु भयो l डा कार्कीले यस पटक सबै भूतपूर्व अध्यक्षलाई पनि आमन्त्रण गरिएको र सम्मान समेत गरिने योजना रहेको बताउनु भएको छ l

आगामी नोवेम्बर २१ तारिख देवकोटाको जन्म जयन्तीको अबसरमा वाशिंगटन डिसीको टाईसन् कर्नर स्थित मेरियट होटलमा एक भब्य समारोहका बिच पुरस्कार वितरण गरिने छ l

२०१९ जेष्ठ १८ गते काठमाडौँको जितपुरफेदीमा जन्मिएका पुडासैनी पेसाले महालेखा परीक्षकको कार्यालय, बबरमहलका निर्देशक हुनुहुन्छ । कथा, कविता, निबन्ध, नियात्रा, गजल, हाइकुजस्ता विधाहरूमा सिद्धहस्त दामोदर पुडासैनीका ‘आफन्तका अनुहारहरू’, ‘आँखाको खोजीमा’, ‘आकारको खोजीमा’, ‘आलोकित आयाम’, र ‘समयको सहीछाप’ जस्ता कविता सङ्ग्रहहरू अत्यन्त चर्चित भएका छन् l

नियात्रा संग्रह —‘नमेटिएका चित्रहरू’ ले नेपाली नियात्रा लेखनमा बिल्कुलै नयाँपन ल्याएको छ भने बिश्व ब्यापी रुपमा दिनानुदिन चर्चाको शिखर चढि रहेछन् ।

वहा भन्नु हुन्छ विश्व भरि बढी पढिने नियात्रा हो र यसको रुचि अत्यन्तै बढ्दै गएको बताउनु भएको छ l ६ बर्षको उमेर देखि नै रेडियो नेपाल बाट आफ्नो कविता आएको बताउदै २०३४ सालमा साहित्यमा छुट्टै छाप देखाउन थालेका पुडासैनी २०४९ सालमा आफन्तका अनुहार आएको बताउनु भयो l

प्रतिक्रिया