नेवा: गुठी को म्ह: पुजा तथा नेपाल सम्बत ११३६ सम्पन्न

इनेप्लिज २०७२ कार्तिक २९ गते १३:०१ मा प्रकाशित

12242102_10156240752065029_147577076_n

न्युयोर्क ,नेवा: संस्कृतिको विकास तथा संरक्षण गर्ने मुख्य उदेस्य रहेको न्युयोर्क स्थित नेवा: गुठिले गत १२ नोभेम्वर तारिखको दिन बिगतका बर्षहरु झैँ यो वर्ष हर्षोउल्लासका साथ् महान चाड म्ह: पुजा र नया बर्ष, नेपाल सम्बत ११३६ को ( शुभ-कामना ) भिन्तुना आदान प्रदान गर्दै भव्यताका साथ् सम्पन्न गरेको छ l

उक्त म्ह: पुजामा नेपाली र विदेशी गरी करीब ३२५ सहभागीहरुले परम्परागत शैलीमा आफ्नो म्ह: (मन र शरीर ) स्वस्थ र दिर्घायूको लागी मन्द: पुजा सम्पन्न गरी नेवारी परम्परागत शैलीमा नै बसी लप्ते (पातमा) भोजको आनंद लिएका थिए।12240435_1063142503704444_8020914565118339926_o म्हपुजा सुरू हुनु भन्दापहिला संस्थाका महासचिव निर्मल प्रधानले स्वागत गरेका थिए भने कविना सिंहले नेवारी नृत्य र राम श्रेष्ठले नेवारी गित गाएकी थिइन् l संस्थाका अध्यक्ष समीर महर्जनले सहयोग गर्ने सबैलाई कृतज्ञता ज्ञापन गरेका थिए l

उक्त कार्यक्रममा सहभागीहरूको लागी बिजय महर्जन र शम्भु मोक्तानबाट प्रदान गरीएको बुध्दको मुर्ति र भिसिडी उपहार गोला प्रथा द्वारा छनौट गरी २ जना सहभागीहरुलाई बितरण गरीएको थियो l

कार्यक्रमको शुभारम्भमा संस्थाका संस्थापक अध्यक्ष आदित्य महर्जनले पानसमा दियो बालि शुभारम्भ गरिएको थियो भने कार्यक्रमको संचालन शुरेस शाहीले गरेका थिए l

11201941_1063142223704472_1472507181641783307_n

प्रतिक्रिया