महाकाली नदीमा एक महिला मृत फेला

इनेप्लिज २०७२ कार्तिक २९ गते १:५७ मा प्रकाशित

बैतडी, २९ कात्तिक । दार्चुलास्थित महाकाली नदीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख सुशील राठौरका अनुसार मृत्यु हुनेमा दत्तु गाविस वडा नं ९ का देवसिंह खातीकी ४५ वर्षीया श्रीमती तारादेवी खाती रहेकी छन् । माछा मार्नका लागि महाकाली नदीमा हालेको जालमा शनिबार महिला मृत फेला परेकी प्रहरी प्रमुख राठौरले बताउनु भयो ।
मृत महिला शुक्रबार साँझदेखि नै बेपत्ता भएकी र नदीमा हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया