बेल्जियम बस्ने नेपालीबाट विद्यालयलाई पाँच लाख सहयोग

इनेप्लिज २०७२ कार्तिक २८ गते २:१० मा प्रकाशित

गुल्मी, २८ कात्तिक । बेल्जियममा बस्दै आएका बागलुङवासीले यहाँका एक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

काँडेबास–९ स्थित जनजागृति उच्च माध्यमिक विद्यालयलाई बागलुङ समाज बेल्जियमले पुस्तकालय तथा विज्ञान प्रयोगशाला निर्माणका लागि रु पाँच लाख सहयोग प्रदान गरेको विद्यालयका प्राचार्य तेजिन्द्रबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

सो समाजका सचिव तथा भूतपूर्व विद्यार्थी माधव सापकोटाको पहलमा हाल रोजगारी सिलसिलामा बेल्जियममा रहेका बागलुङवासी नेपालीबाट सहयोग रकम सङ्कलन गरिएको हो । सहयोग रकमले विद्यालयको शैक्षिक उन्नयनका लागि ठूलो टेवा पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया