मास्कोमा नेपाल सम्बत् ११३६ को म्हपूजा र तिहार

इनेप्लिज २०७२ कार्तिक २७ गते २०:५९ मा प्रकाशित

IMG_3156मास्को, १२ नोभेम्बर २०१५ (वृहस्पतिवार) । मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा नेपालीहरूको महान् चाड तिहार (दीपावली) मनाउन रूसमा रहेका नेपालीहरू भेला भएका थिए । नेपालको राष्ट्रिय झण्डाका साथै नेपालका दृश्यहरूले सिंगारिएको सभाकक्षमा चारैतिर स–साना बिजुली बत्तीहरूले झिलिमिली पारिएको थियो भने मञ्चनेर चाहिं फलपूmल। नैवेद्य आदिले सजाई झलमल्ल दियोबत्तीहरू बालिएको म्हपूजाको सगोल मण्डपमा बत्तीहरूकै पंक्तिद्वारा ११३६ अङ्कित गरिएको थियो ।

IMG_3152गैरआवासीय नेपाली संघ रूसको तत्वावधानमा नेपल सम्बत् ११३६ को उपलक्ष्यमा आयोजित तिहार र म्हपूजा समारोहमा राजदूतावास परिवार र रूसमा नेपाली समुदायका सबै सामाजिक संस्थाका समस्यहरुका साथै रूसी मित्रहरूको पनि उपस्थिति रहेको थियो । म त्यहाँ पुग्दा मण्डपमा सगोल पूजाको विधि समाप्त भई सगुन दिने क्रम चलिसकेको थियो ।

IMG_3159नेपाली नारी निकुञ्जका सदस्यहरू सपिला राजभण्डारी तथा प्रतिमा अमात्यको नेतृत्वमा आमन्त्रित पाहुनाहरूलाई पालैसान्ति टीका लगाइदिएर एक हातमा तारेको फुल, सेलरोटी, ओमरी र छ्वयला राखेको रिकापी र अर्को हातमा रक्सीको पेग थमाएर नेवारी पाराले अन्तीबाट रक्सी थप्दै पञ्चतत्वको प्रतीक सगुन प्रदान गर्नमा व्यस्त रहेका थिए ।

IMG_3180

समारोहका आयोजकको तर्पmबाट गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारीले समारोहमा उपस्थित सबै पाहुनाहरूको हार्दिक स्वागत गर्दै नेपालसम्बत् ११३६ को शुभागमनका साथै म्हपूजा र दीपावली (तिहार) को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

रूसका लागि नेपाली राजदूत डा.प्रा. रविमोहन सापकोटा कोपिलाले आप्mनो सारगर्भित मन्तव्यमा नेपालका बहुभाषिक तथा बहुसांस्र्कतिक नेपाल विभिन्न उत्सवपर्वहरूको देश भएको चर्चा गर्नुहुँदै वि.सं. १९६० सम्म औपचारिक रूपमै प्रचलनमा रहेको नेपाल सम्बत्को प्रादुर्भाव र म्हपूजाको मौलिकताको विषयमा प्रकाश पार्नुका साथै सम्पूर्ण नेपालीहरूलाई सुखसमृद्धि र सफलताको कामनासहित हार्दिक शुभेच्छा व्यक्त गर्नुभयो ।

IMG_3178रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभले नेपालीहरूको उत्सवमा मैत्री समाजका पदाधिकारीहरूलाई निम्त्याएर मास्कोमै रहेर पनि नेपाली संस्कृतिको प्रत्यक्ष अवलोकन गर्ने सम्भावना प्रदान गरिएकोमा कृतज्ञता ज्ञापन गर्नुका साथै नेपालको उत्सवको सन्दर्भमा शुभकामना दिनुभयो ।

तत्पश्चात् विभिन्न सामाजिक संस्थाहरूमा हालै नवनिर्वाचित व्यक्तित्वहरूलाई बधाई दिंदै खादा ओढाएर सम्मान गर्ने क्रम सुरु भयो । यसरी राजदूत–दम्पति डा. रविमोहन सापकोटा कोपिला तथा डा. सुलोचना सापकोटाज्यूबाट नेपाली छात्रसंघ (रसियाली जनमैत्री विश्वविद्यालय) को अध्यक्ष मिलन कटेल, आप्रवासी संघका उपाध्यक्ष रवीन्द्र भट्टराई, गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य गोविन्दप्रसाद गौतम, केन्द्रीय महिला संयोजक सपिला राजभण्डारी, केन्द्रीय महासचिव डा. बद्री के.सी. को सम्मान गरिएको थियो ।

IMG_3173सम्मानित हुने सबैले छोटो मन्तव्य राख्दै शुभकामना व्यक्त गरेका थिए । रवीन्द्र भट्टराईले संसारका विभिन्न देशका आप्रवासीहरूको संस्थाको छोटो परिचय दिंदै नेपालीहरूको महान् उत्सव दीपावलीको समयमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती, नेपालसम्बत्को नयाँ वर्ष र म्हपूजा समेत पर्ने परिप्रेक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

गैरआवासीय नेपाली संघका केन्द्रीय महासचिव डा. बद्री के.सी.ले नेपालले भोग्नुपरेको महाभूकम्पको प्राकृतिक विभीषिकापछि अहिले नाकाबन्दीको सामना गरिरहनुपरेकोले ग्यास र पेट्रोलजस्तो अत्यावश्यक वस्तुहरूको समेत अभाव सहँदै नेपालीहरूले दशैं र तिहारजस्तो आफ्ना महान पर्वहरू मनाउनु परिरहेको तर्पm औंल्याउनुका साथै एक महीनाअघि काठमाडौंमासातौं गैरआवासीय नेपाली विश्वसम्मेलन सफलतापूर्वक सम्पन्न भएको जनाउनुभयो र त्यसका सहभागी विभिन्न देशमा रहेका नेपालीहरूका ११ सय प्रतिनिधिहरूको माझमा रूसको प्रतिनिधिमण्डलका ४६ जना प्रतिनिधिहरूले सधैंजस्तो एकबद्धताको प्रदर्शन गरेकोप्रति हार्दिक आभार प्रकट गर्दै देश भित्र र देश बाहिर रहेका नेपालीहरूले एक ढिको भई जस्तै कठिनाईको पनि सामना गर्नेछन् भन्ने कुरामा जोड दिनुभयो ।
गैरआवासीय नेपाली संघ रूसका महासचिव डा. मनमूर्ति भुर्तेलद्वारा संचालन गरिएको समारोहपश्चात् नाचगानका साथै देउसी–भैलोको माहौल सुरुभयो । मलाई त्यतिखेर नेपालीहरूले तिहारमा दीपावली गर्ने र देउसिरे गाउने प्रथासित सम्बन्धित तिहारको मौलिक संस्कृतिको सन्दर्भमा किरातजातिमा प्रचलित बलिहाङ (वलिराजा) को किम्बदन्तीको सम्झना भइरहेको थियो । कालको छायाबाट बच्न बलिहाङले औसीको अँध्यारो रातमा चारैतिर बत्ती दाल्ने आदेश दिएर कालबाट बचेका थिए रे । यहाँ म त्यसै किम्बदन्तीको एक श्लोक उद्धृत गर्न चाहन्छु ः

IMG_3167ज्योतिमय थियो औंसी हजारौं बत्तीले गरी,

बिलायो कालको छायाँ मृत्यु अतः गयो टरी ।
प्रजा सारा परे दङ्ग ‘बलीहाङ्ग बचे’ भनी,
मनाए हर्षले नाच्दै दीपोत्सव ठूलै अनि ।।
त्यसै समयदेखि भारतवर्षमा दीपावलीको चलन चलेको सन्दर्भमा अर्को अनुश्रुति पनि छ, तर नेपालमा मात्र प्रचलित देउसुरेको प्रथा पनि उपरोक्त बलिहाङले नै चलाएको मानिन्छ । किम्बदन्तीअनुसार बलिहाङ मृत्युलाई जितेर बाँचेपछि उनले सबैतिर दीपावली गरेर उत्सव मनाउने सन्देश पैmलाए । त्यसैले भनिन्छ ः
‘कालजयी बने राजा !’ – देशदेशान्तरैतक
पुगे लिएर राजाज्ञा यस्तो सन्देशवाहक ः
‘गाउँ–बस्ती, कुनाकाप्चा, डाँडाकाँडा सबैतिर,
बाली दीपावली नाचगान गर्नू निरन्तर !!’
अनि एक जनाले गीत भट्याउँदा सबैले एकै स्वरमा ‘देउँसुरे’ भन्ने गरेको थेगोको मूल स्रोत पनि किराती भाषाकै ‘त्येञ्अङ्सीरो’ बाट अपभ्रंश भई बनेको हो । ‘त्येञ्अङ्सीरो’ बाट नै ‘देउँसिरे’ बनेको हो भन्ने तलको श्लोकबाट प्रष्ट हुन्छ ः
‘नाम्लिङ्गेत, लालिङ्गेत’ – ‘उदाए घाम औ जून’ !
आज्ञा हुँदा बलीराजाबाट आयौं यहाँ, सुन !’
‘त्येञ्अङ्सीरो !’ – ‘बलीहाङ्ग बचे !’ भन्दै ‘देउँसीरे !’
नाचगान गरी रातभरि रमाइलो गरे ।।

IMG_3163देउँसुरे भट्याउँदा सर्वप्रथम हामी वलिराजाले पठाएकाले आएका हौं भन्ने चलन छ । किराती राजा बलिहाङ र वामन रूपी विष्णुले कुल्चेर पातालमा पु¥याइएका पौराणिक दानवीर वलिराजा एउटै हुन् भन्ने पनि किराती किम्बदन्तीबाट सङ्केत पाइन्छ । जहाँ उज्यालो छ त्यही नै लक्ष्मीको निवास हुन्छ भन्ने विश्वासले हामी नेपालीहरु तिहारपर्वमा घरका भ्mयाल–ढोका सबै ठाउँमा बत्ती बालेर झिलिमिली पार्दछौं ।

ठीक ११३५ वर्षअघि कान्तिपुरका व्यापारी शंखधर साख्वाद्वारा देशवासी सबैलाई ऋणमुक्त गरेर शुभारम्भ गरिएको थियो । यो सम्बत् लभउबकिो इतिहासमा प्राचीन कालको अन्त्य र मध्यकालको आरम्भको पनि द्योतक हो । नेपालीहरूले मनाउने सबै परम्परागत चाडपर्वको सङ्केत दिने चान्द्रमासमा आधारित नेपाल सम्बत्ले सात वर्षपहिले वि.सं.२०६५ कार्तिक ७ गते राष्ट्रिय सम्बत्को मान्यता पाउनुका साथै त्यसका प्रवर्तक शंखधर साख्वालाई पनि राष्ट्रिय विभूति घोषित गरिएको सर्ववीदितै छ । विष्णुमती र भद्रमतीको दोभानमा पर्ने लखुतीर्थको बालुवा नै सुनमा परिणत भएको हुनाले शंखधर साख्वासित सबैको ऋण तिरिदिन पुग्ने अकुत धनसम्पत्ति भएको किम्बदन्ती पनि प्रतीकात्मक नै प्रतीत हुन्छ । नेपालका नदीहरूको विद्युत् क्षमताको उपयोग गर्ने हो भने नेपालले बालुवालाई सहजै सुनमा परिणत गर्न सक्तछ र कुनै दिन यो साकार पनि हुनेछ भन्नु अत्युक्ति हुने छैन ।

IMG_3162म्हपूजाद्वारा आत्मशुद्धि गरी लोककल्याणकारी सिर्जनात्मक कार्यमा संलग्न हुन उत्प्रेरित गर्ने नेपाल सम्बत् ११३६ को शुभागमनको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना ! न्हुदँया भिन्तुना !

दिनाङ्क ः १२ नोभेम्बर २०१५ (वृहस्पतिवार),
मास्को, रूस महासंघ ।

प्रतिक्रिया