भारतीय नाकाबन्दीविरुद्ध ओमानमा ‘झुक्ने छैन स्वभीमान’भन्दै नाचगान

इनेप्लिज २०७२ कार्तिक २७ गते १२:४६ मा प्रकाशित

swayam-sebak-650x390ओमान । यहि नोभेम्बर ६ तारिख शुक्रबारका दिन ओमानस्थित प्रवासी नेपालीहरूले दशैं, तिहार, नेपाल सम्बत र छठ जस्ता महान नेपाली पर्वहरूलार्इ सामूहिक रूपमा मनाउदैं एक आपसमा शुभकामना आदन प्रदान गरेका छन ।

प्रवासी नेपाली मञ्च, ओमान को साँस्कृतिक बिभागद्वारा आयोजना गरिएको दशैं, तिहार शुभकामना आदन प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रममा नेपालका विभिन्न कुना–कुनाबाट वैदेशिक रोजगारीको शिलसिलामा ओमान पुगेका प्रवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रवासी नेपाली मञ्च, ओमानका अध्यक्ष गगन कार्कीको अध्यक्षता, महासचिव सोमकृष्ण श्रेष्ठ र सदस्य तथा साहित्य बिभाग प्रमुख नारायण राज चौलागाईंको संयुक्त सञ्चालानमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथि ओमानका लागि नेपाली कार्यबाहक राजदूत रोजिना ताम्राकारद्वारा दीप प्रज्वलन गरी उदघाटन गर्नुभएको थियो ।

त्यस्तै सचिब जनकलाल महत्तोले उपस्तिथ सम्पूर्णलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।

साँस्कृतिक बिभागका कलाकारहरूबाट स्वागत गीत गाएर स्वागत गरिएको थियो । उपस्थित सम्पूर्णले राष्ट्रिय गान गाएका थिए ।

शहिदहरूको सम्मान स्वरूप शहिदहरूलाई स्मरण गर्दै एक मिनेट मौन धारण गरिएको थियो । ओमानमा स्थापित संघ–संस्थाका प्रतिनिधिहरु र सामाजिक कार्यमा लाग्नुभएका विशिष्ट ब्यक्तित्वहरू पनि कार्यक्रममा अतिथि थिए ।

अतिथिहरूमा डी बि क्षेत्री (मध्यपूर्व संयोजक, एनआरएनए, शोभाकान्त लामिछाने कोषाध्यक्ष, अन्तरास्ट्रिय नेपाली एकता समाज, श्री देव नारायण तिवारी संरक्षक, नेपाली समाज ओमान, गुणहरी अधिकारी महासचिव, गैर अवासीय नेपाली संघ ओमान, छवीलाल बस्नेत अध्यक्ष, ओमान नेपाली एकाता समाज, पदम अर्याल अध्यक्ष, नेपाली जन प्रगतिशिल मञ्च ओमान, श्री फर्सुराम पोखरेल सभापति नेपाली जनसम्पर्क समिति ओमान, गोमा थापा मगर उपाध्यक्ष, नेपाली महिला समूह ओमान, अनिता तमाङ उपाध्यक्ष, तमाङ्ग समाज ओमान, प्रेम गुरूङ प्रमुख सल्लाहकार, तमु समाज ओमान, मिङमा शेर्पा अध्यक्ष, बुध्द भिजन ओमान, रूपा शिरिष प्रतिनिधी, नेपाली मगर संघ ओमान, गणेश केसी सचिव, अर्घाखाँची समाज ओमान, र बसन्त नेपाल पत्रकार प्रवास खबर डटकम हुनुहुन्थ्यो । उनीहरु सबैले शुभकामना मन्तव्य पनि राखेका थिए ।

शुभकामना मन्तव्य दिने क्रममा सबैले दशैं, तिहार, छठ र नेपाल सम्बत को शुभकामना दिदैं भारतीय नाकाबन्दीको बिरोधमा सबै नेपाली एकजुट हुनुपर्ने बताएका थिए ।

त्यस्तै साँस्कृतिकतर्फ प्रवासी नेपाली मञ्च, ओमानको साँस्कृतिक बिभागका कलाकारहरूद्वारा दशैं आयो र झुक्ने छैन स्वभिमान नाकाबन्दीले बोलका गीतमा नृत्य प्रस्तुत गरिएको थियो ।

त्यस्तै भूकम्प, परदेश र नाकाबन्दी लाई समेटेर नाटक पनि प्रस्तुत गरिएको थियोे ।

उक्त नाटक हेर्दा दर्शकहरू समय–समयमा भावुक, उत्साहित र हर्षित बनेका थिए ।

रक्तिम परिबार ओमानका कलाकारहरुद्वारा, जहाँ भोको पेटले दाना पानी मागेको हुन्छ, यसपालि त यस्तै भो आमा र पैंयु फुल्दा जस्ता गीतहरूमा नृत्य प्रस्तुत गरिएको थियो ।

गायक सन्देश राइ नेपाली समाज ओमान, गायक लक्ष्मीप्रसाद कोइराला गैर अवासीय नेपाली संघ ओमान, गायक वेदनिधी अचार्य नेपाली जन सम्पर्क समिति ओमान, गायक फरम गुरूङ तमु समाज ओमान, गायक संगम थापा मगर, गायिका कुमारी शंकर र गायक सुरेश परियारले विभिन्न देशभक्ति, दशैं, तिहार विशेष र लोक गीत गाएर आफ्ना प्रस्तुति दिनु भएको थियो ।

साहित्यतर्फ कवि तुला गिरी जन प्रगतीशिल मञ्च ओमान र कवि दिलप्रसाद पौडेलले आफ्ना कबिता प्रस्तुत गर्नु भएको थियो ।

त्यसै गरी नृत्यतर्फ कलाकार कुलबहादुर तमाङ जन प्रगतीशिल मञ्च ओमान, कलाकार बिष्णु थापा र बिनु पुन नेपाली मगर समाज ओमान, कलाकार सागर गुरूङ र मनीषा तमुष्यो तमु समाज ओमान, कलाकार मुना नेपाल श्रेष्ठ महिला समूह ओमान, कलाकार रोज तमाङ लामा तमाङ समाज ओमान, र कलाकार शान्ति सुनुवार, कलाकारहरूले आफ्ना आफ्ना प्रस्तुतिहरू जोडदारका साथ प्रस्तुत गरेका थिए ।

त्यसै गरी संस्कार र परम्परातर्फ नेपाली महिला समूह ओमानका चेलीहरूले भैली कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रमको मुख्य स्पोन्सर दास इन्भेष्टमेन्ट एण्ड ट्राभल्सले गरेको थियो भने मिडिया पार्टनरहरू प्रवासी नेपाली मञ्चको मुखपत्र, दैनिक नेपाल डटकम र प्रवास खबर डटकम रहेका थिए ।

कार्यक्रमलाई समापन गर्दै अध्यक्ष गगन कार्कीले कार्यक्रम सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भूमिका खेल्नु भएका सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो । मञ्चको तर्फबाट पनि धन्यवाद बक्तब्य जारी गरेर कार्यक्रम सफल बनाउने सम्पूर्णलाई धन्यवाद दिएको छ ।

darshak
swagat
atithi

– See more at: http://da

प्रतिक्रिया