मोर्चाका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

इनेप्लिज २०७२ कार्तिक २७ गते १०:५६ मा प्रकाशित

Rss_Images_1447405140250_BM-Birgunj-truckपर्सा, २७ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले वीरगन्जमा एक ट्रकमा आगजानी गरेका छन् ।

बन्दअवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले आज बिहान दुई बजेको समयमा वीरगन्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसनजिकै ना ४ ख ११६९ नम्बको ट्रकमा आगजनी गरेका हुन् ।

मोर्चाका कार्यकर्ताले गरेको आगजनीमा परी ट्रकका चालक बस्ने क्याबिन पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुईवटा मोटरसाइकलमा आएका चार युवाले रोकिराखिएको उक्त ट्रकमा आगजनी गरेको प्रहरी नायब उपरीक्षक यादव घर्तिमगरले बताउनुभयो । घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया