डलरले किन्दा नपाईने हाम्रा चाडपर्वहरुको आगमन

इनेप्लिज २०७२ कार्तिक २६ गते १८:२५ मा प्रकाशित

IMG_1649बिहानै आँखा नखुल्दै आज दोधारमा परे म । तातो सिरक छोडौ कि नछोडौ। उठौं त थकित जीउ, नउठौं त कामको चटारो । अफिस नजाउँ त घरको मासिक किस्ताले सताउने, जाउँ त ओछ्यान छोड्नै गाह्रो । यसो पर्दा खोली बाहिर च्याए, मन्द चिसो हावा संगै हुस्सु र कुहिरोले पार्किङ लट नै छोपेको रहेछ । बाहिरी बातावरण हेर्दा हाम्रो चाड्पर्बहरु आएझै लागेर मन चुलबुल भयो र जुरुक्क उठी आफ्नो नित्य कर्ममा लागे ।

बिस्तारै बढेको चिसो, त्यसमाथि उमेरको जालझेलमा थलिएको निन्द्रा, बिहानै उठेर ब्रेकफास्ट बनाउनु, खानु र दिउसोको लागी लन्च समेत तयार गर्नु पर्दा कुन जन्ममा पाप पो गरेको थिए कि भन्ने लाग्छ । बिहानै उठ्यो, चिया/कफी मगमा हाल्यो, झोलामा लन्च हाल्यो अनि ततायो अफिसको बाटो । अफिस आवत जावतको मज्जा पनि गजबै छ । कार्यालय समयमा थानकोटको ट्राफिक जाम जस्तै वासिङ्टन डिसी मेट्रो एरियाको ट्राफिकमा गाडी हुईक्याउनुको पिडाको बयान गरी नसक्नु हुन्छ । यही पिडा लाई कम गर्न सरकारले कार्पोल तथा स्लगिङको ब्यबस्था गरेको छ । यस ब्यबस्था अनुसार हाइवेमा गाडी चलाउनका लागी आफ्नो गाडीमा तोकिएको सवारि सख्या अनुसारका मान्छे बसाएको हुनु पर्छ । कार्यालय आवत जावतका लागी कहिले आफ्नो गाडीमा त कहिले अर्कैको गाडीमा आलोपालो सवारी गर्नु नै मेरो दैनिकी बनेको छ!

जिन्दगी मजाक मै पो बित्ने हो कि भन्ने पीर पनि लाग्छ, कहिलेकाहीँ । शनिबार र आइतबार बिदा पाउनेहरु सबै भाग्यमानी ठहर्छन अमेरिकामा। छुट्टीको दिनको ठेगाना हुनेले एक आपसमा भेट्घाट गर्छन, कहिले आफ्नो कथा सुनायो, कहिले अर्काको व्यथा सुन्यो । बिदेशमा कसैको मित्र, धेरैको अपरिचित त कतिको हाई हेलो को सम्ब न्ध । जेहोस बिदेशमा यत्तिको परिचयलाई नभएको भन्दा भएकै ठान्नुपर्छ, म सन्तुष्टै छु ।

बिश्वको जुन कुनामा बसे पनी आफ्नो मात्रु सस्कृती मुटु झै प्यारो र न्यानो हुन्छ । त्यस्मा पनि प्रबासी नेपालीहरुका लागी चाडपर्बको महत्व झनै बिशेष हुने गर्दछ । भर्खरै मात्र बिदा गरिएको तीज र दशै लाई अमेरिकाका नेपाली भाषीहरुले परम्परागत रुपमा ठुलो महत्व का साथ मनाए । भर्जेनियामा बिराटनगरबासी साथीभाइहरु बिच भएको तीज कार्यक्रममा आफ्नो परम्परालाई अगाल्दै बिसुद्द नेपाली तीजको गीतमा रातो पहिरन र गहनामा धपक्क सजिएका महिलाहरुले नाचगान गरे, आफ्ना परिवार्, साथी भाईका साथ तीजको महत्व का बारेमा प्रबचन गरे, दर खाए र मन्दिरमा गएर र बेलुका ब्रत प्रतिस्ठा गरे । त्यस्तै, डिसी स्थित नेपाली राजदुताबास र अमेरिका नेपाली सोसाइटी ले सन्युक्त रुपमा आयोजना गरेको दशै, तिहार्, छैठ र नेपाल सम्बतको शुभकामना आदन प्रदान कार्यक्रम  पनी उत्साहजनक थियो ।

बर्ष दिनको दौड धुपका बिच आफ्नो मात्रु पर्ब- नजिक आउँदा नेपाली मन बेचैन हुन थाल्छ । नेपाली पर्ब मात्रै हुन र यसपछीका अमेरिकन पर्बहरु- हलोइन्, थ्यान्क्स गिविङ र क्रीस्मसको चटारो अर्कै छ । नेपाली मुलका हामी अबिभावकका लागी आफ्नै मात्रु पर्ब -दशै तिहार र हाम्रा सन्तानका लागी दशै तिहारका साथै थप अमेरिकि पर्बहरुको चाजोपाजो मिलाउनु हम्मे हम्मे नै पर्छ ।

नेपालीहरुको महान चाड दशै भर्खरै सकिएको छ। विदेशमा रहेकाहरु आफन्त सम्झेर नेपालको आफ्ना गाउँघर फर्कन्छन भने कोही आफ्ना अबिभावक लाई नै झिकाउछन । परम्परागत महत्व बोकेका पर्वहरुसंग जोडिएका गीतसंगीतमा रमाउदै, नाच्दै, आफन्तहरु बिच भेट्घाट गर्दै, मिठो खादै नेपाली साँस्कृतिक महत्वलाई उजागर गर्न प्रबासी नेपालीहरु सबै एकजुट हुन्छन । पर्बका बेला बर्ष दिनको थकान मेटाउन कोही घरमै जमघट गर्छन्, तास खेल्छन त कोही आफन्त भेटन टाढा सम्म पुग्छन । अझ खसीको चटारो त छदै छ!  दशैंमा खसीको मासु लिन जाने नेपाली भाषीहरुको रमिता नै लाग्छ फार्म हाउसमा! दशैंमा मासुका परिकारहरू सेकुवा र पक्कु अनि तिहारमा सेल रोटीमा नरमाउने प्रबासी नेपालीहरु बिरलै होलान अमेरिकामा!

प्रबासी नेपालीहरु लाई बिदेसमा सबै भन्दा धेरै खटकिने चिज पनि नेपाली सस्कार र सस्कृतीको अभाव नै हो । उल्लास, उत्साह र उमङको पर्व दशै र तिहारका हरेक दिन यादै यादमा बिताउनु प्रबासी नेपालीहरुको नियती बनेको छ । आशिष दिने र लिनेको बिचमा आत्मियताको आदान प्रदान लगायत आफु भन्दा ठुलोलाई आदर र सानोलाई माया बाँड्ने, दिदी बहिनी र दाजु भाई बिचको प्रेम र दिर्घायुको कामना गर्ने अवसर पनि दशै तिहारमा प्राप्त हुन्छ । त्यसमध्ये तिहारमा खेलिने देउसी भैलोले सम्पुर्ण नेपाली भाषीहरुमा विशेष महत्व राख्दछ । आफ्नो समय मिलाएर सकेको मनोरन्जन गर्न पछी पर्दैनन आप्रबासी   नेपालीहरु । यही अभावलाई पुर्ती गर्न सबै नेपालीहरु एक अर्काको घरमा जमघट हुन्छन्, दुख सुखका कुरा सटासाट गर्दछन ।

संस्कृती धान्न वा मनोरञ्जन गर्न खेलीने देउसी भैलोको तौर तरीका नेपालमा मात्र हैन बिदेसमा पनि समय अनुकुल बदलिदैं जान थालेको छ । मादल र डम्फूको तालमा सुर मिलाएर आशिस दिदै देउसी खेल्ने पुरानो प्रचलन आजभोली ठाउँ अनुसार परिवर्तन हुँदै गएका छन्। देउसीमा भट्टयाउने भाकाहरु बदलिएका छन । पौराणीक, धार्मिक वा परम्परागत संस्कृतीको वेलिविस्तार लगाउँदै भट्याउने चलन हिजोआज कम हुँदै गएका छन् ।

नेपाल लगायत बिदेसमा समेत भएका सामाजिक सङग सस्थाहरुले समाजमा सन्देश प्रवाह गर्ने अभिप्रायले देउसी भैलो खेल्न थालेका छन। त्यसबाहेक स्थानीय विभिन्न समुदाय, नेपालका राजनीतिक दलहरुका पुच्र्‍छर सगठनले समेत आर्थिक संकलन गर्ने अभिप्रायले खेल्ने गरेको देउसीले ठेट नेपाली सांस्कृतीक देउसी भैलोका भाकाहरु विर्सन थालेका छन ।   सिनेमाका गीतलाई बङ्ग्याई देउसी र भैलोको भाका बनाइदै छ! हिन्दी र अंग्रेजी गीतमा भडकिलो तरिकाले देउसी खेल्ने प्रचलनले स्थान जमाएको अवस्थालाई मनन गर्दा हाम्रो प्रीय पर्ब नै लोप हुने पो हो कि भन्ने चिन्ताले छोपेको छ ।

अझ अमेरिका त यस्तो देश हो जहाँ प्रत्येक नागरिकले आफ्नो धर्म, सस्कार र सस्कृतीको प्रयोग गर्न सम्बिधानले नै खुल्ला रुपले स्वागत गरेको छ । परम्परागत महत्व बोकेका यी हाम्रा पर्वहरु न त डलरले किन्न सकिन्छ न कुनै अन्य मुद्राले नै । अत: हाम्रा सस्कार, सस्कृती र चाड पर्बहरुको संरक्षण र संम्बर्दनका लागी सबै प्रबासी नेपालीहरुले एउटा अभियान नै थाल्ने पो हो कि!

अन्तमा, नेपालीहरुको महान पर्बको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु! यस पावन चाडले समस्त नेपालीहरुको घरआँगनमा सुख र शान्ति छाओस् ।

प्रतिक्रिया