महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०७ औ जन्म जयन्ती सम्पन्न

इनेप्लिज २०७२ कार्तिक २६ गते १०:११ मा प्रकाशित

20151111_163848_resized

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आज महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०७ औ जन्म जयन्तीको अवसरमा देवकोटा स्मृति साहित्यिक गोष्ठीको आयोजना गरेको छ । कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका प्रतिस्ठित साहित्यकारको विशेष उपस्थिति थियो ।

20151111_153424_resizedअनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलायत साहित्य सेवा परिषदका  सामाजिक यथार्तबादी उपन्यासकार सुरेसजंग शाह रे अनेसास जापान टोकिया बाट पाल्नुभएकी ग्रीष्मा पौडेल लाई विशेष स्वागत तथा अभिनन्दन गरिएको कार्यक्रममा सर्वप्रथम देउसी गीत र पुर्वेली लोकभाकाले सवैलाई स्वागत स्रस्टा द्रोण पराजुलीले गर्नुभएको थियो ।

20151111_163553_resized

त्यस्तै देवकोटाको स्मृतिमा स्रस्टा गीतकार रामप्रसाद पौडेल, नियात्राकार रामप्रसाद पन्त, संस्कृतिबिद् शशि थापा पण्डित, कवि पवन आलोक, कवि मणिराज सिंह, स्रस्टा कवि विजयध्यज थापा, स्रस्टा निता श्रेष्ठ नित्यनुर, त्यस्तै मुक्तक शिखरपुरुष रामकाजी कोन्युर, छैटौ आयामका अभियान्ता कृष्ण जोशी त्यस्तै स्रस्टा राधेश्याम लेकालीले आ आफ्ना ससक्त सिर्जनाहरु प्रस्तुत गरी देवकोटाको संझना गर्नुभएको थियो ।

कार्यक्रमको संचालन गजल एवं मुक्तककार कमला रिसाल ज्योतिले गर्नुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्नुहुदै अध्यक्ष राधेश्याम लेकालीले अनेसास नेपाल च्याप्टरले बर्षका चार वटा उत्कृष्ट कृति विश्वका चार प्रमुख भाषामा अनुवाद गरेर नेपाली भाषाको गरिमालाई अझ व्यापक बनाउने तथा विभिन्न साहित्यिक संस्थाको महासभा बनाएर हरेक साहित्यिक कार्यक्रममा सवैको उपस्थिति हुने बातावरण तयार गरिने जानकारी समेत दिनुभएको थियो ।

प्रतिक्रिया