आगलागीबाट दश लाखको क्षति

इनेप्लिज २०७२ कार्तिक २६ गते ३:२६ मा प्रकाशित

aaglaagiहेटौँडा, २६ कात्तिक । हेटौँडा उपनगरपालिका–२३ हर्नामाडीमा आज बिहान २ः३० बजे आगलागी हुँदा सोही वडा बस्ने भीमबहादुर वाइवा लामाको दुईवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

उक्त दुईवटा घरमा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत नगदसहित करिब रु १० लाखसहितको क्षति भएको जिल्ला प्रहरी नियन्त्रण कार्यालयले जनाएको छ ।

उक्त आगलागी नियन्त्रणमा लिन हेटौँडाबाट गएको दमकल र स्थानीय बासिन्दाको प्रत्यक्ष सहयोगबाट करिब एक घन्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैबीच इन्धनको अभावले यातायात सञ्चालनमा अवरोध भएको हुँदा जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज बिहान ८ बजेदेखि स्थानीय बासिन्दालाई हेटौँडा बजारमा आवतजावत गर्न दुईवटा प्रहरीका ट्रक सञ्चालनमा ल्याएको प्रहरी नायब उपरीक्षक शिशु शर्माले बताउनुभएको छ ।

सो यातायात स्थानीय रातामाटे, नवलपुरी, चौघडा, भैँसे, बसामाडीका बासिन्दालाई निःशुल्क यातायात सुविधा उपलब्ध गराइएको छ ।

सो सुविधा आगामी शनिबार बेलुकासम्म यात्रुलाई दिने पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया