बेवारिसे अवस्थामा नवजात शिशुको शव

इनेप्लिज २०७२ कार्तिक २५ गते ४:५४ मा प्रकाशित

फलेवास (पर्वत), २५ कात्तिक । पर्वतका नाङ्लीबाङ गाविसमा एक नवजात शिशुको बेवारिसे शव फेला परेको छ ।

नाङ्लीबाङ गाविस– ४ को जङ्गलमा जन्म दिएपछि झाडीमा फालिएको अवस्थामा मङ्गलबार साँझ नवजात शिशुको शव फेला परेको हो ।

भर्खर आमाले जन्म दिएर झाडीमा फालेको अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

अवैध गर्भधारण गरेपछि जन्मेको शिशुलाई जन्मेपछि झाडीमा फालेको हुन सक्ने अनुमान गरिएको छ ।

मृतक शिशुलाई कसले जन्म दियो र कसरी झाडीमा फालियो भनेर प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया