महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय सातौँ जन्मजयन्ती

इनेप्लिज २०७२ कार्तिक २५ गते ४:३२ मा प्रकाशित

images

काठमाडौं २५ कात्तिक ।
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय सातौँ जन्मजयन्ती आज विविध कार्यक्रमका साथ मनाइदैछ । विसं १९६६ कात्तिक कृष्ण औँसीका दिन महाकवि देवकोटाको जन्म भएको थियो । लक्ष्मी पूजाका दिन जन्मिएकाले नै उहाँको नाम लक्ष्मीप्रसाद राखिएको थियो । नेपाली साहित्यमा स्वच्छन्दबादको विकासमा महाकवि देवकोटाको भूमिका महत्वपूर्ण मानिन्छ । जन्मजयन्तीका अवसरमा विभिन्न साहित्यिक संस्थाले विविध कार्यक्रम आयोजना गरी देवकोटा जयन्ती मनाउने गर्दछन् ।

प्रतिक्रिया