भारतीय नाकाबन्दीको बिरुद्धमा एनआरएन अमेरिकाले संयुक्त रास्ट्र संघमा ज्ञापनपत्र बुझाउने

इनेप्लिज २०७२ कार्तिक २४ गते १२:४० मा प्रकाशित

11709638_1092038010825378_1124369860331322119_n

अमेरिका । हिजो गैर आवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फरेन्स कल बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । नोभेम्वर ८ मा सङ्घका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको कन्फरेन्स कल बैठकले अध्यक्ष पौडेलकै संयोजकत्वमा वनाइएका कार्यक्रमहरूले सशक्त रूपमा संयुक्त राष्ट्रसंघ, ईन्डियन मिसनहरू र अन्तर्राष्ट्रिय सम्बन्धित निकायहरूलाई आफू अनुकूलको संविधान नबने पश्चात् अघोषित नाकाबन्दीको संसार सामु उजागर गर्दै ज्ञापन पत्र दिने निर्णय गर्‍यो ।

त्यस्तै उक्त बैठकले विगत लामो समय देखि भारतले नेपाल प्रति गर्दै आएको हेपाहा प्रविधि तथा नाकाबन्दीको विरुद्ध यही नोभेम्वर १६ तारीख़का ठिक ११ बजे संयुक्त राष्ट्रसंघमा ज्ञापन पत्र बुझाउन सम्पूर्ण सङ्घ संस्था र सङ्घ संस्थाका प्रतिनिधिहरू तथा सम्पूर्ण आप्रवासी लगायत नेपाल र नेपालीलाई माया गर्ने सबैलाई उपस्थित भइदिनहुन अनुरोध गर्ने निर्णय गरियो । त्यस्तै एनआरएन अमेरिका आगामी नोभेम्बर २३ तारिकमा डि सी एरीयामा आयोजना गरिने सर्व पक्षिय विरोध कार्यक्रम भव्यताका साथ सफल बनाउन सम्पूर्ण जनसमुदायलाई हार्दिक अनुरोध गर्दछ।
त्यस्तै उक्त कार्यक्रम पश्चात् सम्पूर्ण प्रतिनिधि मूलक सङ्घ-संस्थाहरू साथै विभिन्न तह र तप्का सँग आवश्यक सर सल्लाह लिई पेस गरिने ज्ञापन पत्र सुनवाई नभएमा विस्तृत छलफल गरी सशक्त कार्यक्रम ल्याउने पनि निर्णय गरिएको छ।
बैठकले अमेरिकामा गैर आवासीय आन्दोलनलाई थप मजबुत र प्रभावकारी बनाउन चाँडो भन्दा चाँडो अगुवा समाजसेवी र बिद्धत वर्गसँग सल्लाह गरी प्रवासी नेपालीहरूको साझा सङ्गठन एनआरएनले अघोषित नाकाबन्दि नखुले सम्म सम्पूर्ण राष्ट्रवादि शक्तिलाई एकै स्थानमा उभ्याएर अगाडि वढने निर्णय गरेको छ ।
यसका अतिरिक्त अमेरिकामा रहेका नेपाली समुदायको हितमा काम गर्न पृथक् उद्धेश्य रहेको कार्यदल सँग समेत सर सल्लाह गरेको छ । मातृभूमि नेपालमा गएको प्रलयकारी भूकम्प लगत्तै सङ्घको तर्फबाट अति प्रभावित क्षेत्रमा गरिएको राहत वितरण र स्वास्थ्य परीक्षण अभियानको समीक्षा गर्दै मातृभूमि पुनर्निर्माणको अभियानमा अन्तराष्ट्रिय समन्वय परिषद मार्फत नेपाल सरकारसँग हातेमालो गरेको एनआरएनले पुन: अघोषित नाकावन्दवाट आम नेपालीले भोगेको दुखमा संसारका एनआरएनका प्रतिनिधिहरू दसैँको पूर्वसन्ध्यामा काठमाडौँमा आयोजना भएको एनआरएनको विश्व शिखर सम्मेलनलमा आफैँ सरिक भएर दुखको महसुस गरेका छन् । मातृभूमि नेपालमा गएको प्रलयकारी भूकम्पबाट प्रभावित नेपाली अमेरिकनको हितमा सञ्चालित टेम्प्रोररी प्रोटेक्टेड स्टाटस (टिपीएस) हस्ताक्षर अभियानमा सहयोग पुर्याउने सङ्घ संस्थालाई धन्यवाद ज्ञापन गर्दै हाल नेपाल र नेपालीलाई छिमेकी राष्ट्र भारतले गरेको अघोषित नाकाबन्दिका विरुद्ध पनि त्यसरीनै यहाँहरू सबैको माझमा रही सत्यको पक्षमा जनमत निर्माण र कार्वान्वयनका लागि निरन्तर क्रियाशील रहने निर्णय गरेको । उक्त बैठक एनआरएनका सचिव शङ्कर खड्काले सञ्चालन गर्नुभएको थियो ।
सर्बज्ञ वाग्ले
मिडिया कोर्डिनेटर ।एनआरएन

प्रतिक्रिया