विषादी सेवनबाट पत्नीको मृत्यु, पति अचेत

इनेप्लिज २०७२ कार्तिक २४ गते ९:४१ मा प्रकाशित

poisne-harekpalगौशाला, २४ कात्तिक । महोत्तरी जिल्लाको श्रीपुर गाविसमा पति–पत्नीले एकै साथ विषादी सेवन गर्दा पत्नीको मृत्यु भएको छ भने पति अचेत भएका छन् ।

श्रीपुर गाविस– ३ बस्ने ४५ वर्षीय रामप्रताप साह र ४० वर्षीया पत्नी निलमदेवी साहले एकैसाथ नाम नखुलेको विषादी सेवन गर्दा पत्नीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

साह दम्पतीले गएराति करिब ८ बजे विषादी सेवन गरेपछि स्थानीयवासीको सहयोगमा दुवैजनालाई उपचारका लागि गौशाला बजारस्थित नवीन जनसेवा अस्पतालमा लगिएकामा पत्नीको उपचारकै क्रममा मृत्यु भएको छ भने पति अझै अचेत रहेको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।

प्रहरीले साह दम्पतीले विषादी सेवन गर्नुको कारण खुल्न नसकेको र अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ भने मृतकको शव परीक्षणका लागि पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया