मंगलबार, साउन १२ २०७८
काठमाडौं ०५:१६
वासिङटन डिसी 19:31

सवारी दुर्घटनामा चारको मृत्यु

इनेप्लिज २०७२ कार्तिक २४ गते ९:२९ मा प्रकाशित

Road Accidentरौतहट,२४ कात्तिक । चन्द्रपुर नगरपालिका–१३ स्थित गौर चन्द्रनिगाहपुर सहायक राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रनिगाहपुरबाट गौरतर्फ जांँदै गरेको ना ३३ प २०६८ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउंँदै गरेको ना ५ ख ९७९२ नंको मिनी ट्रक जुध्दा मोटरसाइकलमा सवार सबैको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय औरैया गाविस–२ बस्ने २२ वर्षीय विवेक सिंह, २५ वर्षीय जयप्रकाश गुप्ता, २४ वर्षीय कामोद सिंह र सखुअवा धमौरा गाविसका २६ वर्षीय रुपेशकुमार यादव छन् ।

प्रहरीका अनुसार घाइते भएका गुप्ताको उपचारका क्रममा चन्द्रनिगाहपुर अस्पतालमा तथा बांँकीको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि मिनी ट्रकका चालक फरार छन् । शव परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया