डिसीमा अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार २०१५ समारोहको भब्य तयारी

इनेप्लिज २०७२ कार्तिक २१ गते १३:५७ मा प्रकाशित

INLS-logo

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले हरेक दुई बर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ का बिजेताहरु लाई देवकोटाको जन्म जयन्तीको अबसरमा आगामी नोवेम्बर २१ मा वाशिंगटन डिसीको टाईसन् कर्नर स्थित मेरियट होटलमा एक भब्य समारोहका बिच पुरस्कार वितरण गरिने जानकारी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार समिति कि अध्यक्ष सीता पाण्डेले जानकारी गराएकी छिन् l

अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१५ का यस बर्षका प्रथम बिजेता दामोदर पुडासैनीको नमेटिएका चित्रहरु (यात्रा संस्मरण ) परेको छ भने यस बर्षको सर्बोत्कृष्ट पुस्तक पुरस्कार नेपाल, अस्ट्रेलिया, भारत ,क्यानडा र हंगकंगबाट नेपाली भाषामा मौलिक रुपमा लेखिएका र अनुबाद भएका ६७ बटा पुस्तकहरु परेका मध्ये २ दर्जन भन्दा ज्यादा साहित्यकारलाई पुरस्कार वितरण गरिने भएको छ l

यसको साथै उक्त पुस्तक पुरस्कार समारोहमा मन्जुश्री थापा(नेपाल) माइकहट(बेलायत )जोन उड (अमेरिकन )युयुत्त्सु आर डि शर्मा(भारत ) तथा नेपाल र नेपालीलाई भाषा साहित्यको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा चिनाउने तथा गौरन्बित गराउनमा बिशेष योगदान दिए बापत अनेसास बिशेष सम्मान प्रदान गरीने भएको छ l

यस बर्षदेखि “अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार ” प्राप्त पुस्तकलाई अंग्रेजी भाषामा अनुबाद गर्ने व्यवस्था गरिने भएको छ lअमेरिका बाट सहभागी हुने लाई सहयोग स्वरूप दर्ता शुल्क १ सय डलर राखिएको छ भने अमेरिका बाहेक अन्य देश ( नेपाल ,अस्टेलिया तथा हंगकंग) बाट पुरस्कारका लागि आउने बिजेताहरूको लागि नि:शुल्क दर्ताको ब्यबस्था हुने भएको छ |

गुठि तथा अनेसासका सम्पूर्ण आजीवन सदस्यहरूलाई दर्ता शुल्कमा २० % छुटको व्यवस्था गरिने र भाग लिन पे-पाल बाट दर्ता गर्न सकिने चाजो मिलाईएको आयोजकले बताएका छन् l

उक्त दुई दिने अनेसास पुरस्कार तथा साहित्यिक महोत्सवको पहिलो दिन नोभेम्बर २० र दोश्रो दिन २१ तारिखमा कार्यक्रम ५ चरणमा तय गरिएको छ l

नेपाली भाषा हाम्रो पहिचान तथा हाम्रो गौरब भन्दै नेपालभित्र र बाहिर चिनाउने मूलत : पहिलो कुरा नै नेपाली भाषा हो पाण्डेले भनिन l यस पुरस्कार वितरणको लागि समिति अहोरात्र खटिई रहेको बताउदै डिसी महानगर क्षेत्रमा रहनु हुने सबैमा सहभागी हुन् आब्हान आयोजकले गरेका छन् l

प्रतिक्रिया