पूर्वी नाका काँकडभिट्टाबाट भित्रिएन इन्धन

इनेप्लिज २०७२ कार्तिक २१ गते ३:५६ मा प्रकाशित

सुरुङ्गा (झापा), २१ कात्तिक । पूर्वी नाका काँकडभिट्टा भएर पाँच दिनदेखि पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन नेपाल भित्रन सकेका छैनन् ।

पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन नेपाल भित्रन नसक्दा झापासहित मेची अञ्चलमा पेट्रोलियम पदार्थको चरम अभाव उत्पन्न भएको छ ।
भारतले गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ बोकेका ३५ वटा सवारीसाधन भारतमा नै अलपत्र परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

पूर्वी नाका काँकडभिट्टा भएर फलफूल, तरकारी र माछा बोकेको ६४ वटा सवारीसाधन भने हिजो नेपाल भित्रिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया