एकल महिलाद्वारा विद्यालयलाई जमिन दान

इनेप्लिज २०७२ कार्तिक २१ गते ३:५२ मा प्रकाशित

बेलौरी (कञ्चनपुर), २१ कात्तिक । कञ्चनपुरकी एकल महिलाले विद्यालयलाई जमिन दान गरेको छ ।

पुर्नवास नगरपालिका–१३ मोतीबस्तीकी ५० वर्षीया खिमादेवी शर्माले सरस्वती उच्च माविलाई जमिन दान गर्नुभएको हो ।

विसं २०३६ मा स्थापना भएको उक्त विद्यालयको विकासका लागि मङ्गलबारदेखि सुरु भइरहेको पुर्नवास धार्मिक तथा शैक्षिक महोत्सवमा शर्माले शुक्रबार एककट्ठा जमिन दान गर्नुभएको महोत्सव मूल आयोजक समितिका संयोजक वीरबहादुर थापाले जानकारी दिनुभयो ।

संयोजक थापाका अनुसार शर्माले आफ्ना पति पुष्कर शर्मा र छोरा हेमराज शर्माको सम्झनामा जमिन दान गर्नुभएको हो ।

तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धका क्रममा उनका श्रीमान् पुष्कर र छोरा हेमराज मारिएका थिए । आफूले छोरा र श्रीमान्को सम्झना र उनीहरुको आत्माको चिरशान्तिको कामना गर्दै विद्यालयलाई जमिन दान गरेको शर्माले बताउनुभयो ।

प्रतिक्रिया