वाल विकास केन्द्रलाई शैक्षिक तथा खेल सामाग्री सहयोग

इनेप्लिज २०७२ कार्तिक २० गते १८:०२ मा प्रकाशित

रत्ननगर २० कार्तिक
पूर्वी चितवनको कालिका नगरपालिका ९ सिमलबस्ती स्थित जनहित राप्राविमा सञ्चालित बाल विकास केन्द्रलाई शैक्षिक तथा खेल सामाग्री सहयोग भएको छ । विद्यालयमा रहेको सशक्त वाल विकास केन्द्रलाई फेस नेपाल नामक गैरसरकारी संस्थाले करिब २० हजार रुपैयाको शैक्षिक तथा खेल सामाग्री सहयोग गरेको विद्यालयका सहयोगी कार्यकर्ता अम्बिका थापाले जानकारी दिईन । सो सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष पदमबहादुर थिङ,फेस नेपालका श्रीराम देबकोटा,स्थानीय समाजसेवी कृष्ण थिङ,सशक्त वाल विकास केन्द्रका पूर्व अध्यक्ष सित्तलकाजी श्रेष्ठ,विद्यालयका सदस्य रामचन्द्र थिङ र मरियामाया तामाङले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया