सडक दुर्घटनामा एकको मृत्यु, एक घाइते

इनेप्लिज २०७२ कार्तिक १९ गते ६:४३ मा प्रकाशित

accident-signमहेन्द्रनगर (धनुषा), १९ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ श्रीपुर सडकखण्डमा आज भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार आज बिहान पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख ७८१२ नम्बरको मालवाहक ट्रक दुर्घटनामा परेको हो । प्रहरीका अनुसार ट्रक अनियन्त्रित भई सडकको बायाँपट्टि रुखमा ठोक्किएर पल्टिँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मकवानपुरको कालिटार–१ बस्ने २५ वर्षीय दीपेन्द्र मल्ल ठकुरी रहेका छन् ।

त्यसैगरी, सोही समयमा सोही ठाउँमा एउटै गतिमा गइरहेको पछाडिको ना३ख ४९५१ नम्बरको अर्को ट्रक पनि अगाडिको ट्रक अनियन्त्रित भएकाले नियन्त्रण गर्न नसक्दा अर्कोतर्फ पल्टिएर दुर्घटना भएको छ । प्रहरीले यस ट्रक दुर्घटनामा चालक हेटौँडा निवासी २२ वर्षीय बुद्ध गोले घाइते भएका छन् ।

गोलेको स्थानीय क्लिनिकमा प्राथमिक उपचार गराई थप उपचारका लागि काठमाडौँ पठाइएको र दुर्घटनामा मृत्यु भएका ठकुरीको शव अहिले शवपरीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको इप्रका ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया