ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

इनेप्लिज २०७२ कार्तिक १९ गते ६:३७ मा प्रकाशित

गौशाला, १९ कात्तिक । ढिस्कोमा पुरिएर महोत्तरीको सोनमा गाविसस्थित कान्तवा खोला किनारमा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोनमा गाविस– ८ बस्ने रङ्गीलाल यादवकी १२ वर्षीया छोरा अञ्चलाकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घर लिपपोत गर्नका लागि घरदेखि केही पर रहेको कान्तवा खोला किनारबाट दाजु १४ वर्षीय धीरेन्द्र यादवसँग बुधबार साँझ माटो ल्याउन गएकी अञ्चलाको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।

माटो खनिरहेका बेला अचानक माथिबाट ठूलो ढिस्को खस्दा बालिका अञ्चला सोही ढिस्कोमा पुरिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो भने सोही ढिस्कोले दाजु धीरेन्द्र पनि घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते धीरेन्द्रको उपचार स्थानीयस्तरमा भइरहेको छ । बालिकाको शव परीक्षणका लागि गौशाला स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया