प्रवासी नेपालीले दुई विद्यालयमा अक्षयकोष स्थापना

इनेप्लिज २०७२ कार्तिक १९ गते २:१२ मा प्रकाशित

दाङ, १९ कात्तिक । विदेशमा बस्दै आएका प्रवासी नेपालीले यहाँको विकट गाविस सैघाका दुई विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।

ताप्लेजुङ घर भई बेलायतमा बस्दै आएकी सुष्मा राईले जनता प्रावि काउलेचौर सैघामा रु ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको हो ।

त्यसैगरी पोखरा घर भई बेलायतको स्कटल्यान्डमा बस्दै आएका जोनी पाहारी र मैना पाहारीले भूमि निमावी सैघा–७ बाम्लामा रु ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको हो ।

उहाँहरुले एक कार्यक्रमको आयोजना गरी भूमि निमाविका प्रअ तिलक बुढाथोकी र जनता प्राविका प्रअ मञ्जु देवकोटालाई उक्त अक्षयकोषको रकम हस्तान्तरण गर्नुभएको थियो ।

त्यस अवसरमा परवासी मञ्च युकेका सल्लाहकारसमेत रहनुभएका राईले दुर्गम क्षेत्रमा बस्दै आएका बालबालिकाको सहयोगार्थ आफूले अक्षयकोष स्थापना गरेको भन्दै यसलाई हरेक वर्ष बढाउँदै रु पाँच लाखसम्म पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

यस्तै जोनी पाहारीले आफूले हरेक वर्ष थोरैथोरै भए पनि अक्षयकोष रकम बढाउँदै लैजाने कार्यक्रम रहेको बताउनुभयो । त्यस अवसरमा विद्यालयलाई शैक्षिक सामग्री, खाद्य सामग्रीसाथै कपडासमेत हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया