गहना लुट्ने युवकलाई जेल सजाय

इनेप्लिज २०७२ कार्तिक १८ गते १४:३८ मा प्रकाशित

gahanaaबैतडी, १८ कात्तिक । पाटन नगरपालिका–१२ की एक वृद्धाको कुटपिटपछि गहना लुट्ने एक युवकलाई आज जिल्ला अदालत बैतडीले जेल पठाएको छ ।

गत असोज २९ गते आफ्नो घरबाट छोरीको घर खोर्सुगाउँ जाँदै गरेकी ७७ वर्षीया गोल्मा विष्टको गहना लुट्ने सोही नगरपालिका वडा नं ११ का २२ वर्षीय धनसिंह विष्टलाई पक्राउ गरी प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतले विष्टलाई आज रु १० हजार ३०२ रुपैयाँ जरिवानासहित दुई महिना कैद सजाय तोकेको हो ।

प्रतिक्रिया