राजिव श्रेष्ठले कैद गरेका तस्बिर ईनेपलिज़मा हेर्न पाईने

इनेप्लिज २०७२ कार्तिक १७ गते ११:१० मा प्रकाशित

rajiv

नेपालका प्रसिद्ध छायाचित्र पत्रकार राजिव श्रेष्ठ हाल अमेरिकामा छन् l न्युयोर्कमा भएको नेपाल अमेरिका सुन्दरी प्रतियोगिताको लागि उनि आधिकारिक छायाचित्र पत्रकार तथा फोटो जेनिक (प्रकाशजनक)मा निर्णायक रहेका थिए l

अमेरिकाको बसाईमा उनले खिचेका ब्यबसायिक बिबिध प्रकारका तस्बिरहरु अमेरिकाको डिसी महानगर क्षेत्र बाट संचालित ईनेपलिज़ डटकम बाट हेर्न पाईने भएको छ l उनि ईनेपलीज़का लागि आधिकारिक छायाचित्र पत्रकार (फोटो पत्रकार )हुन् भने उनले कैद गरेका छाया चित्रहरु ईनेपलीज़मा उनले एकल रुपमा खिचेका तस्बिरहरु राखिने भएको छ l

राजिव श्रेष्ठ भारत मुम्बई बलिवुडका ख्याती प्राप्त (फोटो )पत्रकार राकेश श्रेष्ठका भाई हुन् भने मुम्बईमा दाई सँग ५ बर्ष तालिम लिएर नेपाल फर्केर आएका हुन् l नेपालमा केहि गरेर देखाउछु भनेर मुम्बई बाट नेपाल फर्केका राजिव श्रेष्ठ ३ दशक देखि यस क्षेत्रमा संलग्न रहेका छन्  l

प्रतिक्रिया