लातको भूत मान्दैन बातले सुन्छ के त्यहा
शक्तिशालि उ आफै छ घातले हुन्छ के त्यहा
दबाएकै छ ठूलाले सानालाई जहा पनि
बस्नु पर्दछ खुम्चेर मायाको खुन्-छ के त्यहा
जो माखी जालमा आफै बेरिएको छ फन्फनी
गर्न साम्राज्य बिस्तार के जालो बुन्छ के त्यहा
लिन्छन जो शत्रुको पक्ष्य सोझो न गरि नूनको
म आफ्नै हूँ भनि रेट्ने व्यक्तिमा गुन्-छ के त्यहा
छिमेकी घरको द्वार आफ्नै हो भनि ठान्नुमा
सम्पत्ति भित्रिदा मित्र ! दुखी भै रुन्छ के त्यहा
झान्गीन्छु बिस्वको सामु भन्छ उर्बर बारीमा
खुम्रे कीरा जरा काट्छ शिखरमा छुन्छ के त्यहा
सयौ बाटा र नाका छन् सामुन्ने देशभक्तको !
भीख माग्छ कि यो भन्दै त्यो नाका थुन्छ के त्यहा ?
प्रतिक्रिया