चेपाङ केन्द्रको अक्षयकोषमा एक लाख ९१ हजार संकलन

इनेप्लिज २०७२ कार्तिक १४ गते १६:१९ मा प्रकाशित

DSCI1489
चितवन १४ कार्तिक
गामवेसीको चेपाङ संरक्षण केन्द्रमा स्थापना गरिएको अक्षयकोषमा अहिले सम्म एक लाख ९१ हजार रुपैया जम्मा भएको छ । केन्द्रमा आश्रित चेपाङ वालवालिकालाई शिक्षा प्रदान गर्न दीर्घकालिन श्रोतको लागि नेपाल प्रहरीका एसएसपी रमेश खरेलको पहलमा सो अक्षयकोष स्थापना गरिएको थियो । मध्यक्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरमा आज शनिवार आयोजित कार्यक्रममा विभिन्न संघसंस्था तथा व्यक्तिहरुलेहरुले सहयोग गरेपछि अक्षयकोषमा अहिले सम्म एक लाख ९१ हजार रुपैया जम्मा भएको हो ।

DSCI1496अक्षयकोषमा नेपाल प्रहरीका एसएसपी रमेश खरेलले ५१ हजार,डाक्टर ढुण्डी पौडेलले ५१ हजार १११,समाजसेवीहरु जमुना पौडेलले २५ हजार,सरस्वती रिजाल भरतपुरले १६ हजार, राजन खयरखोलीले १५ हजार,दिपक खाँड ५ हजार,केशब कुमार गुरुङले ३ हजार एक सय,व्यवसायी नवराज न्यौपानेले १० हजार एक सय,चितवन युवा समुह दोहा कतारबाट ११ हजार १ सय आर्थिक सहयोग गरेका छन । यसभन्दा अधि अक्षयकोषमा सशस्त्र प्रहरीका एसपी शम्भू उप्रेतीले ५ हजार सहयोग गरेका थिए । अक्षयकोषमा पाँच करोड पु¥याउने महत्वकाँक्षि योजना रहेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । केन्द्रमा आश्रित चेपाङ वालवालिकाहरुले प्रहरी तालिम केन्द्र भित्र फुटवल खेल्नुका साथै प्रहरीसंग विहानको खाना पनि खाएका थिए ।

DSCI1510 DSCI1485

प्रतिक्रिया