पाँचथर, १४ कात्तिक । जिल्ला अदालत पाँचथरले कुटपिट तथा अङ्गभङ्ग मुद्दामा दोषी ठहर गरी कैद र जरिवानाको फैसला सुनाइएका फरार एक अभियुक्त २४ वर्षपछि पक्राउ परेका छन् ।
जिल्लाको साविक चोकमागु–४ का थुम्बे तुम्बापोलाई पक्राउ गरी जिल्ला अदालतसमक्ष बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोविन्द झाले जानकारी दिनुभयो ।
विस २०४८ मा कुटपिट तथा अङ्गभङ्ग मुद्दामा साविक चोकमागु–५ का अमरदीप तुम्रोकले नन्दकुमार तुम्बापो र थुम्बे तुम्बापोविरुद्ध जाहेरी दिएका थिए । नन्दकुमार भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
सो अदालतले २०५२ वैशाखमा तुम्बापोद्वयलाई दोषी ठहर गरी एक वर्ष चार दिन कैद र ९३३ रुपैयाँ ३४ पैसा जरिवानासहितको फैसला सुनाएको थियो ।
प्रतिक्रिया