राष्ट्रपति यादव शीतलनिवासबाट बाहिरिने

इनेप्लिज २०७२ कार्तिक ११ गते १४:४३ मा प्रकाशित

Rambaranकाठमाडौँ, ११ कात्तिक । राष्ट्रपति डा रामवरण यादव भोलि बिहीबार ललितपुरको बागडोलस्थित भाडाको घरमा सर्ने हुनुभएको छ ।

व्यवस्थापिका–संसद्बाट आज राष्ट्रपति पदमा विद्यादेवी भण्डारी निर्वाचित भएसँगै राष्ट्रपति डा यादव शीतलनिवासबाट सर्न लाग्नुभएको हो ।

नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथग्रहण समारोहपछि सरकारले आयोजना गर्ने बिदाइ समारोहपछि उहाँ साँझ बागडोल सर्नुहुने उहाँका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो ।

सरकारले भोलि राष्ट्रपति यादवको बिदाइमा एक समारोहको आयोजना गर्दैछ ।

शपथग्रहण समारोह सकिएको डेढ घन्टापछि सरकारले गर्ने भिन्नै समारोहमा राष्ट्रपति यादवको बिदाइ गरिनेछ ।

उहाँ २०६५ साउन ६ गते गणतन्त्र नेपालको प्रथम राष्ट्रपति चुनिनुभएको थियो ।

प्रतिक्रिया