गोली दागेर आत्महत्या

इनेप्लिज २०७२ कार्तिक ११ गते १४:४० मा प्रकाशित

indexइटहरी, ११ कात्तिक । सुनसरी जिल्लाको दुहवी भलुवा नगरपालिका–४ निवासी २६ वर्षीय जयप्रकाश नारायण चौधरीले आफ्नै घरको कोठामा कञ्चटमा गोली हानी आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

लागुऔषधका अम्मली रहेका चौधरीेले घरेलु पेस्तोलले कञ्चटमा गोली हानेर आत्महत्या गरेको भनेर परिवारजनले जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको प्रहरी निरीक्षक शिवकुमार पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौधरीले दुई गोली लोड भएको पेस्तोलबाट एक गोली चलाएको र एक गोली पेस्तोलको म्यागजिनमा नै रहेको भेटिएको थियो । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा लगिएको छ ।

इलाका प्रहरी कार्यालय दुहवीले जिल्लाको दक्षिणी रामगन्ज क्षेत्रमा भारतीय सीमानाकाबाट अवैधरुपमा नेपालतिर ल्याइँदै गरेको पटाका, भुइँचम्पालगायतका प्रज्वलनशील वस्तु बरामद गरेर आजै नष्ट गरेको छ ।

पटाका आयातकर्ता भने भाग्न सफल भएको बताइएको छ ।

प्रतिक्रिया