एनआरएन सम्मेलन भित्र असोचनिय कृयाकलापहरु देख्दा दुख लाग्यो

इनेप्लिज २०७२ कार्तिक ११ गते ५:१८ मा प्रकाशित

ram chandra kharel

एनआरएन सम्मेलन भित्र असोचनिय कृयाकलापहरु देख्दा दुख लाग्यो :एनआरएनका पूर्व सल्लाहकार राम चन्द्र खरेल

गैरआवसिय नेपाली संघको सातौ विश्व सम्मेलन सफलतापुर्वक सम्पन्न भएको लगतै संचार कर्मी तथा अमेरिकाका एनआरएनका पूर्व सल्लाहकार राम चन्द्र खरेलले आफ्ना भनाई ,सम्मेलनमा देखेका क्रियाकलाब र सुझाब दिदै छापा बिज्ञप्ति मार्फत आफ्ना कुरा राखेका छन् l

विश्वब्यापी छरिएर बसेका नेपालीहरुको साझा संगठनको रुपमा बिकशित भै यो समय सम्म आइपुग्दा यस संगठनलाई यहाँ सम्म ल्याइपुर्याउने अग्रजहरु, मित्रहरु, नेत्रित्वहरु, पत्रकारहरु बिशेष गरी नेपाल सरकारलाई बिशेष धन्यवाद दिएका छन् l

उनले उक्त छापा बिज्ञप्तिमा भनेका छन् नेपालीको लागि नेपाली, एकपटको नेपाली सधैका लगि नेपाली भन्ने मुल नारालाई आत्मसाथ गर्दै गैर-आवसिय नेपाली संघको आफ्नो मुल मुद्धालाई सरोपर ठान्दै हामी नेपालीहरुले सम्बृद्ध नेपालको पारीकल्पना गरी आज यहाँ सम्म अइपुग्दा संगठनले निकै उतार चढाव पार गरी विश्वमान चित्रमा नेपालको इज्जत, सान,प्रतिष्ठलाई सधैं सिरोपर गर्दै अगाडि वढेको कुरामा दुई मत नहुने बताएका छन् l

प्रथम अधिबेशन देखी सातौ अधिबेशन सम्म आइपुग्दा आफुलाई लागेका केही अभिब्यक्तिहरु सबै समक्ष जगजाहेर गर्न चाहेको बताएका छन् l भर्खरै सम्पन्न सातौ अधिबेशन हेर्दा संघले निकै फड्को मारेको अवस्था एकातिर छ भने अर्को तर्फ संघ भित्र केही किसिमका असोचनिय कृयाकलापहरु भएको देख्दा यदाकदा दु:ख लागेको उल्लेख गरेका छन् l

उनले उक्त छापा बिज्ञप्तिमा लेखक छन् प्रतिनिधि छनौट देखी अधिबेशन तयारी सम्मको स्थितिलाई नियाल्दा संगठनमा कृयाशिल राम्रो मान्छेहरु भन्दा हाम्रो मान्छे भन्ने भावनालाई प्रसय पाएको देखियो l जुन दिर्घकालिन रुपमा यसले संघको गरिमालाई कहाँ र कता पुर्याउछ भन्ने बडो सोचनिय प्रश्न हामी समक्ष आएको लेखेका छन् l

अपारदर्शी कृयाकलाप, आ-आफ्नो खेमाको बिकाश र अधिबेशन उम्मेदवार राजनैतीक दलको नेताहरुको ढोकासम्म पुग्ने प्रब्रिधि प्रवृतिले आगामी दिनहरुमा संघ कतातिर जाने हो भनि प्रश्न उठाएका छन् l र यो प्रवृति कहाँ पुगेर अन्त्य हुने हो भन्ने बिषयमा गहनता पुर्वक यस संघका अग्रजहरु तथा नेत्रित्वबर्गको ध्यानाकर्षण गराएका छन् l

उनले अगाडी लेखेका छन् सातौ सम्मेलनलाई नजिकबाट नियाल्दा संघको कार्यनिती, यसमा हुनुपर्ने छलफल, आगामी रणनिती र संसार भरी छरिएर रहेका गैर-आवसिय नेपालीहरुको भबिस्य भन्दा पनी आफु कसरी नेत्रित्व हत्याउन सकिन्छ भन्नेमा मात्र यो अधिबेशन देखा परेको पाईएको जनाएका छन् । उम्मेदवारहरुले चुनाव जित्नको प्रयोग गरेका चुनाव प्रचारका सामग्री एक आपसमा गाली गलौज र धम्की, प्रतिनिधिहरुको खरिद बिक्री, पैसाको खेल र ठाडो राजनैतीक हस्तक्षेप भएको देख्दा, आगामी दिनमा संघको भबिस्य धरासयी हुने सम्भावना देखेको छापा बिज्ञप्तिमा उल्लेख गरेका छन् l

उनि अगाडी भन्छन यस प्रकारको कृयाकलापले संघमा आउन खोज्ने नयाँ पिढीहरुलाई निरुत्साहित बनाउने कुरा आफुलाई लागेको उल्लेख गरेका छन् l

बिशुद्ध राजनैतीक रुपमा स्थापित यस संस्थाको सातौ सम्मेलन सम्मा आइपुग्दा उम्मेदवारहरु राजनैतीक दलहरुको सरण र आशिर्वाद थाप्न तल्लिन भएको देख्दा एक थरी जमातहरु निराश देखिएको चर्चा गरेका छन् l

आफु संघको सम्बृद्ध नेपाल बनाउने सपना साकार होस् भन्ने कामना गर्दै माथि उल्लेखित बिचारहरुलाई सम्बोधन गरी नेपालीको हितमा यो संगठन सधैं कृयाशिल रहोस् भन्ने कामनाका साथ नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुमा हार्दिक बधाई दिएका छन्

यसको साथै खरेलले सातौ अधिबेशन सफल पार्न सहयोग गर्नुहुने सवै क्षेत्रका व्यक्तिहरु र बिशेष गरी नेपाल सरकारलाई बिशेष धन्यवाद दिएका छन् l

प्रतिक्रिया