बिपीको मेलमिलाप नीतिलाई सम्मान गर्दै स्पेनमा जलपान कार्यक्रम आयोजना

इनेप्लिज २०७२ कार्तिक ८ गते १२:५८ मा प्रकाशित

fuel-at-a-petrol-station

बार्सिलोना – नेपाली जनसम्पर्क समिति स्पेनले शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति स्पेनले नेपालमा राष्ट्रिय एकता तथा सद्भावको लागि नेपाली काँग्रेसले राजनैतिक दल तथा उच्च पदस्थ अधिकारीहरु विच जलपान गर्ने परम्पराको अनुशरण गर्दै बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि कोजाग्रत पूर्णिमाका दिन कार्यक्रमको निरन्तरता दिदै जलपान कार्यक्रम गर्न लागेको हो । जनसम्पर्क समिति स्पेनले, राष्ट्रिय मेलमिलाप’ को सन्देश प्रबाह गर्दै बडादसैँ, तिहार तथा छठका अवसरमा कार्यक्रमको आयोजना गर्दै निरन्तरता दिन लागेको छ । नेपालीको जनघनत्व बढ्दै गइरहेको स्पेनमा नेपाली समुदायको सामुहिक हितको लागी आपसी सद्भाब, सामुहिक मेलमिलाप र सौहार्दता विभिन्न समुदाय तथा संघसंस्था विच सहकार्यका लागी अपरिहार्य रहेको छ ।

तत्कालिन नेपाली काग्रेसका पार्टी सभापति बिपी कोइरालाले विसं २०३५ मा राष्ट्रिय मेलमिलापको नीति भन्दै चियापान तथा शुभकामना कार्यक्रमको शुरुवात गरेका थिए। बिपीको नीतिलाई सम्मान गर्दै यस बर्ष पनि स्पेनको बार्सिलोनामा कार्यक्रमको आयोजना गरिएको बारेमा समितिका अध्यक्ष शालिकराम डुम्रेले जानकारी दिए ।

कार्यक्रममा स्पेन स्थित नेपाली राजनैतकि भात्रि संगढनहकु ,विभिन्न जातिय,क्षेत्रिय संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधीहरु, पत्रकारहरु र जनसम्पर्क समिति क्रियाशिल सदस्य तथा साधारण सदस्यलाई उपस्थितीको लागि पत्राचार तथा सुचना गरेको जनायको छ । कारणबस निमन्त्रणा नपुगे पनि यसै सुचनालाई आधार मानि गरिमामय उपस्थितीको लागि जनसम्पर्क समिति स्पेन हर्दिक अनुरोध समेत गरेको छ ।

चियापन कार्यक्रम बारे बिबरण

मिति- २६, अक्टोबर ०१५
स्थान:- हिमाली रेष्टुरेन्ट बार्सिलोना
समय:- दिउँसो ४.३० बजे
आयोजक- नेपाली जनसम्पर्क समिति स्पेन

प्रतिक्रिया