कर्णालीमा डुङ्गा पल्टिँदा एक महिलाको मुत्यु

इनेप्लिज २०७२ कार्तिक ८ गते १०:४६ मा प्रकाशित

karnali_525571283दैलेख, ८ कात्तिक । ल्याटिबिन्द्रासैनी गाविसको पाल्तडा देखि आधा घन्टा माथि कर्णाली नदी हुँदै अछामबाट दैलेखतिर आउँदै गरेको डुङ्गा हिजो पल्टिँदा एक महिलाको ज्यान गएको छ ।

डुङ्गा पल्टिँदा दुई महिला बगेका थिए । एक महिलाको उद्धारसकुशल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पुस्करबहादुर चन्दले बताउनुभयो ।

कर्णालीले बगाएर ल्याटिबिन्द्रासैनीका ४५ वर्षीया रुपा शाही मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै उद्धार हुनेमा ल्याटिबिन्द्रासैनीकै अमृता शाही हुन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

पाल्तडा प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक लोकबहादुर बुढाको नेतृत्वमा डुङ्गा दुर्घटनामा हराएकी महिलाको शव पत्ता लगाएका थिए । उक्त डुङ्गामा तीनजना सवार थिए । डुङ्गा चालक भैरवस्थान काभ्रे अछामका टेकबहादुर बुढाले दुवै महिलालाई बचाउन खोज्दा एकजना बेपत्ता भई मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।

प्रहरीले अछामबाट कर्णाली तरेर डुङ्गा बगर नजिक रोक्न लाग्दा दुर्घटना भएको बताए ।

प्रतिक्रिया