न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न बैठक

इनेप्लिज २०७२ कार्तिक ७ गते ३:१६ मा प्रकाशित

काठमाडौँ, ७ कात्तिक । सरकारले राज्य सञ्चालन र आफ्ना भावी कार्यक्रम कार्यान्वयनका निम्ति न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता साझेदार दलसँग छलफल थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा समसामयिक राजनीतिक स्थितिका साथै सरकारका आगामी योजना र न्यूनतम साझा कार्यक्रम निर्धारणबारे विचारविमर्श भइरहेको छ ।

बैठकमा मन्त्रिपरिषद्का सदस्यसहित सत्तारुढ दलका नेता सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया