गैर आवासीय नेपाली संघ युगान्डाको दशैँ बिशेस कार्यक्रम सम्पन्न |

इनेप्लिज २०७२ कार्तिक ६ गते २१:५५ मा प्रकाशित

IMG-20151022-WA0007

युगान्डामा गैर आवासीय नेपाली संघ, युगान्डा द्वारा आयोजित यसै २१ अक्टोबर २०१५ बुधबार को दिन दशैँ बिशेस कार्यक्रम सम्पन्न भएको छ |

IMG-20151022-WA0019

२१ अक्टोबर २०१५ बुधबार अस्टमि को दिन पारि राखिएको यस कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो | नेपालको रास्ट्रियगान “सयौ थुंगा फूलका हामि” गाउदै शुरु भएको यस कार्यक्रममा ४ जना अफ्रिकन महिला र २ जना अफ्रिकन पुरुषको समेत सहभागिता रहेको शो कार्यक्रम साँझको ८ बजेबाट बिहिबार बिहान ४ बजे सम्म रहेको थियो | कार्यक्रममा उद्घोसकको भूमिका निर्बाह गर्दै तेजेन्द्र विवस ज्युले गजल बाट शुभकामना उठान गर्दै शुरुवात गर्नु भएको थियो | तय गरिएको कार्यक्रम तालिका अनुशार NRNA Uganda का उपाध्यक्ष कृति बहादुर थापा ज्युले ५ मिनेटको स्वागत मन्तब्य दिनुभएको थियो भने शुभकामना मन्तब्य अन्तराष्ट्रिय प्रतिनिधि जिभनाथ पंगेनी ज्युले दिनुभएको थियो | NRNA युगान्डाको इतिहासमै संस्थालाई पारदर्शी र विश्वासिलो बनाउने हेतु संस्था गठित काल २०१२ देखिकै आर्थिक प्रतिवेदन नव निर्बाचित कोषाध्यक्ष मन्जुल पाठक ज्युले पेश गर्नु भएको थियो | यसरि शुरु देखिकै प्रतिबेदन पेश गर्न पाउदा आफुलाई भाग्यमानी महसुस गरेको मन्जुल पाठकले बताउनु भयो |

IMG-20151022-WA0010त्यसै गरि संस्थाका नव निर्वाचित प्रबक्ता रबि जैनले युगान्डालाइ दक्ष्य जन शक्तिको खाचो रहेको र एसियन माथि गरिने बिश्वास लाइ नेपाली भनेर छुट्टै पहिचान बनाइ त्यो विश्वासलाई कायम राख्न सके भोलिको दिन मा NRN को संख्यामा स्वत: बृद्दी हुने कुरालाई जोड दिनुभयो | त्यसपछि लगत्तै सांस्कृतिक र प्राबिधिक फाँटलाइ सम्हाल्दै तेजेन्द्र विवस बाट भरपुर नाचगान गराउनु भयो | यसपाली नवमी र दसमी एकै दिन परेकोले परदेसमा १२ बजे पछिको समय लाइ दशमीनै मानि जेष्ठ अभिभावक तथा उपाध्यक्ष कृति बहादुर थापा उपाध्यक्ष इश्वरी बश्याल र महिला उप संयोजक देवी भण्डारी ज्यु बाट टिका ग्रहण गराइएको थियो | यस कार्यक्रमका लागि जमरा लियोज रेस्टुरेन्ट ले उपलब्ध गराएको थियो भने टिका कार्यक्रम स्थल हाण्डी रेस्टुरेन्टको तर्फ बाट यम पराजुली तथा रामजित दराईले उपलब्ध गराउनु भएको थियो |

हरेक बर्ष अग्रपंक्तिमा रहेर मनोरञ्जन गर्न गराउन माहिर अध्यक्ष रमेश कंडेल भने यस बर्ष आम भएर उपस्थित हुनु भयो | यसपाली जिम्मेवारी बहन गर्ने टिम पाएको छु तसर्थ यस कार्यक्रममा हल्का महसुस भैरहेको छ अब साथीहरुलाई नै अगाडी बढाउने र आफुले पछिबाट सहयोग पुर्याउने काम मात्र गर्ने हो यस कार्यसमिति बाट धेरै आशाबादी छु अध्यक्ष कंडेलले भन्नुभयो | निधारमा टिका नभएको अवस्थामा आफुले परदेसी भूमिमा रहेर तिहारमा टिका लगाउने गरेको अति प्रिय बैनी लक्ष्मी गैरे (कंडेल ) ११ बर्षको कलिलो उमेरको पुत्र अल्पायुमै गुमाएर पुत्रशोकमा रोइरहेको अवस्थामा आफुले टिका ग्रहण नगर्ने अध्यक्ष कंडेलले स्पस्ट पार्नुभयो |
कार्यक्रममा उपस्थित नेपाली हरुले भारतीय रेस्टुरेन्टमा नेपाली स्वाद पाएको भन्दै हाण्डी रेस्टुरेन्टको प्रसंसा गर्ने हरु पनि थुप्रै भेटिए भने नेपालीका लागि बिशेस तयारि गरेको सेफ यम पराजुलीको दाबि थियो |
बिहान ४ बजे सम्म विभिन्न मनोरन्जनात्मक कार्यक्रम सहित चलेको शो कार्यक्रममा ५ दिनको बसाइमा प्रोजेक्टमा आउनुभएका पूर्ण प्रसाद न्यौपाने ज्युले अफ्रिकन साथीहरुलाई पनी समाबेस गराएर थप मनोरंजन गराउनु भयो भने अफ्रिकन साथीहरुले पनी नेपालीहरु संग नेपाली संगीतमा कम्मर मर्काउदा मनोरन्जन त आफ्नै ठाउमा छ फरक खालको मजा पनी महसुस भएको स्पस्ट पारे |
युगान्डा मा नेपालीका लागि NRNA नै एउटा नेपालीको संस्था हो अन्य कुनै नेपाली संस्था भने छैन |

IMG-20151022-WA0010

प्रतिक्रिया