नाकावन्दीको दसैँ

इनेप्लिज २०७२ कार्तिक ६ गते ८:५९ मा प्रकाशित

rakeshkarki

बा आमा आउन पाइन
तेल छैन बसैमा
नाकावन्दीले नदिने भो
टीको थाप्न दसैँमा

प्लेन पनि आउन छोड्यो
ठूल्दाई अड्किनु भो दिल्लीमा
वर्षौँ पछि वल्ल आको
दसैँको बेला विचल्लीमा

दिदीवहिनी पनि आउँछु भन्थे
खुसी हुँदै दसैँको वेला
आज भोली भन्दा भन्दै
छीमेकिले कहिले बाटो देला

मन सधैँ आफ्नो प्यारो
गाउँको घरैमा
रित्तो सिलिन्डर सुम्सुमाउदै
एक्लै डेरैमा

प्रतिक्रिया