अत्यधिक मापसेका कारण मोटरसाइकल दुर्घटना, चार घाइते
रत्ननगर (चितवन), ६ कात्तिक । चितवनको माडीमा दसैँका बेला अत्यधिक मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा चार जना घाइते भएका छन् ।
गएराति दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार चितवनको माडी—११ खरकट्टामा लु ४ प ३२६ नम्बरको मोटरसाइकल र अर्को नम्बर नखुलेको मोटरसाइकल एकापसमा ठक्कर खाएका थिए ।
उनीहरुले अत्यधिकरुपमा मापसे गरेको पाइएको प्रहरीले जनाएको छ ।
यसरी घाइते हुनेमा माडी–१० देवेन्द्रपुरका २३ वर्षीय मुक्ति काफ्ले, सोही ठाउँमा २२ वर्षीय महेन्द्र सुवेदी, २२ वर्षका दीपक पौडेल र २० वर्षीय विकास आचार्य रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा ल्याइएको छ ।
घाइतेमध्ये विकास आचार्यको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
प्रतिक्रिया