मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १२:४०
वासिङटन डिसी 01:55

काँकडभिट्टाको बजार क्षेत्रमा पेट्रोल–डिजेल बेच्न निषेध

इनेप्लिज २०७२ कार्तिक ५ गते १२:४८ मा प्रकाशित

काँकडभिट्टा (झापा), ५ कात्तिक । आगलागीको जोखिम बढेको भन्दै स्थानीय प्रहरीले पूर्वीनाका काँकडभिट्टाको मुख्य बजार र बसपार्कबाट पेट्रोल र डिजेलका फुटपाथे पसल हटाएको छ ।

काँकडभिट्टा इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी भन्सार राजस्व गुल्म र मेची उद्योग वाणिज्य सङ्घले संयुक्तरुपमा माइकिङ गरी बजार क्षेत्रमा पेट्रोल र डिजेल बेच्न निषेध गरिएको हो ।

भारतले अघोषित नाकाबन्दी लगाएपछि स्थानीय खुद्रा व्यवसायीले काँकडभिट्टाको बसपार्क र मुख्य बजार क्षेत्रमा पेट्रोल र डिजेलका जथाभावी सयौँ पसल चलाएका थिए । ती पसलमा ड्रम, ग्यालन र बोतलमा इन्धन बेच्ने गरिएको थियो ।

प्रज्ज्वलनशिल पदार्थको जथाभावी बिव्रmी गर्दा चाडपर्वका बेला आगलागीको जोखिम बढ्ने भएकाले फुटपाथमा पेट्रोल र डिजेल बेच्न नदिइएको सशस्त्र प्रहरी भन्सार राजस्व गुल्मका डीएसपी प्रेमबहादुर भण्डारीले बताउनुभयो ।

बजार र बसपार्क क्षेत्रबाट हटाइएका इन्धनका फुटपाथे पसललाई आवास क्षेत्रबाट एक किलोमिटर पूर्व निर्माणाधिन बस टर्मिनलको खुलाचौरमा सारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया