पिताबाट प्रधानमन्त्री ओलीलाई टीका

इनेप्लिज २०७२ कार्तिक ५ गते १२:४६ मा प्रकाशित

काठमाडौँ, ५ कात्तिक । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आफ्ना ८५ वर्षीय बुबा मोहनप्रसाद ओलीबाट विहान १०ः५५ बजेको शुभसाइतमा टीका लगाउनुभयो ।

श्री ओलीले आफ्नी बुहारी एवम् प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्यलाई पनि टीका लगाइदिनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नी धर्मपत्नी राधिका तथा परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिनुभएको प्रधानमन्त्रीका सहयोगी रमेश आचार्यले बताउनुभयो ।

प्रतिक्रिया