पिङबाट लडेर बालिकाको मृत्यु

इनेप्लिज २०७२ कार्तिक ५ गते १२:३३ मा प्रकाशित

photo-8-520x390मलेखु (धादिङ), ५ कात्तिक । सदरमुकामस्थित सुगम टोलमा एक बालिकाको बुधबार पिङबाट लडेर मृत्यु भयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नीलकण्ठ नगरपालिका–३ सुगमटोलमा पिङमा खेल्दै गरेकी नौ वर्षीया सरिता तामाङ लडेर घाइते भएपछि उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो । तिनलाई आफ्नै आमाले पिङमा चढाइदिएकी थिइन् ।

मृतकका बुबा वैदेशिक रोजगारीमा गएका छन् । मृत्युपछि उनको घर शोकमा डुबेको छ ।

प्रतिक्रिया