हार्दिक बधाई तथा शुभकामना !! गैह्र आवासीय नेपाली संघ, केन्द्रीय कार्यसमिति नवनिर्वाचित अध्यक्ष, शेष घलेज्यू तथा सम्पूर्ण पदाधिकारीहरुलाई

इनेप्लिज २०७२ कार्तिक ४ गते ८:११ मा प्रकाशित

श्री शेष घलेज्यू
अध्यक्ष, गैह्र आवासीय नेपाली संघ,
केन्द्रीय कार्यसमिति,
काठमाडौँ ,नेपाल
हार्दिक बधाई तथा शुभकामना !

विश्वभर रहेका गैरआवासीय नेपालीहरूको हकहित र अधिकारको रक्षा गर्दै समुन्नत राष्ट्र निर्माणका लागि अन्तर्राष्ट्रिय रुपमा क्रियाशील नेपालीहरुको वृहत, सम्मानित एवं साझा सामाजिक संस्था गैह्र आवासीय नेपाली संघ (एनआरएन)को सातौं विश्व सम्मेलन तथा महाधिवेशनबाट अध्यक्ष पदमा पुन :निर्वाचित हुनुभएकोमा यहाँ र नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई नेप्लिज एशोसियसन इन साउथ इष्ट अमेरिका (नासा) हार्दिक बधाई तथा दुइ बर्षे कार्यकालको पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

नेपालीका लागि नेपालीको र नेपालीद्वारा नै भन्ने सोचका साथ सुरु भएको गैरआवासीय नेपालीको विश्वव्यापि अभियान एवं “एक पटकको नेपाली ,सधैको नेपाली” भन्ने नारालाई सार्थकता तुल्याउदै अग्रशर भै रहेको गैरआवासीय नेपाली संघको यात्रा बिगतमा जस्तै अझ बढी शसक्त र लोकप्रिय ढंगले अघि बढोस् भन्ने कामना समेत गर्दछौं ।

गैरआवासीय नेपाली संघ डायस्पोरामा रहेका हरेक नेपाली भावनाको छाता संस्था हो । हामीले संस्थालाई त्यही भावनाले सबै खालका फूलहरु फुल्ने रंगीन फूलवारीका रुपमा विकास गर्नुपर्छ । सो क्रममा हामीले भूगोल मिलाउनुपर्छ, विचार मिलाउनुपर्छ, समावेसीता मिलाउनुपर्छ । विश्वाश छ , यहाँको दोस्रो कार्यकाल अझ बढी लोकप्रिय रुपमा सफल हुनेछ । नेप्लिज एशोसियसन इन साउथ इष्ट अमेरिका (नासा) यहाँहरु सँग संगै हातेमालो गर्दै आगामी दिनहरुमा अघि बढ्ने प्रण समेत ब्यक्त गर्दछ ।

अन्तमा, गैह्र आवासीय नेपाली संघको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दै विजया दशमी तथा शुभ दिपावली -२०७२ को सुखद उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा सुख, समृदि, सु स्वास्थ्य एवं प्रगतिको मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

विमल नेपाल शिव विष्ट
अध्यक्ष महासचिव
तथा सम्पूर्ण कार्य समिति परिवार
नेप्लिज एशोसियसन इन साउथ इष्ट अमेरिका (नासा)

यो हेर्न यहा क्लिक गर्नुहोस

प्रतिक्रिया