रवि र सप्तमी बजारवासी अहिले पनि सञ्चार विहीन

इनेप्लिज २०७२ कार्तिक ४ गते ४:२७ मा प्रकाशित

331पाँचथर, ४ कात्तिक । जिल्लाको दक्षिणी गाविस रविको रवि बजार र सराङडाँडा गाविसको सप्तमी बजारका स्थानीयवासी सञ्चार विहीन अवस्थामा छन् ।

त्यहाँ अहिले नमस्ते र एनसेलको मोबाइल सञ्चालन हुन नसक्दा त्यस भेगका स्थानीय सञ्चार विहीन अवस्थामा पुगेका हुन् ।

सप्तमी बजार व्यवस्थापन समितिका अध्यक्ष गङ्गा आङ्देम्बेले भन्नुभयो, “हामीले यसबारेमा एनसेल कम्पनीका प्रतिनिधि तथा नेपाल टेलिकम शाखा पाँचथरमा पनि कुरा गर्यौँ तर कतैबाट सुनुवाइ हुन सकेन्, यसबारेमा सम्बन्धित निकायमा ध्यान पुगोस् ।”

यस्तै रवि बजारमा पनि सञ्चार विहीन अवस्थामा रहेका छन् । अहिले त्यहाँ सिडिएमए र स्काइको मात्रै नेटवर्क आउने गरेको सप्तमीका स्थानीय व्यवसायी सन्तोष शेर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले यस रवि, सप्तमीका ५०० परिवार नमस्ते र एनसेलको नेटवर्क सञ्चालन नहुँदा समस्यामा छौँ, यसबारेमा टेलिकमले सोचोस् ।”

प्रतिक्रिया