हात्ती पीडितद्वारा क्षतिपूर्तिका लागि वन कार्यालयमा निवेदन

इनेप्लिज २०७२ कार्तिक ४ गते ४:०३ मा प्रकाशित

कञ्चनपुर, ४ कात्तिक । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुर्नवास नगरपालिका–१४ का हात्ती पीडित ७९ जनाले क्षतिपूर्तिको माग गर्दै जिल्ला वन कार्यालय कञ्चनपुरमा निवेदन दर्ता गराएका छन् ।

भारतको दुधुवा नेसनलपार्कबाट बस्ती छिरेर पाक्नै लागेको धानबालीमा हात्तीको झुन्डले एक महिनादेखि निरन्तररुपमा क्षति पु¥याउँदै आएपछि स्थानीय बासिन्दाले क्षतिपूर्तिका लागि वन कार्यालयमा निवेदन दर्ता गराएका हुन् ।

स्थानीय प्रशासनसँग हात्ती नियन्त्रणको माग गर्दै आएका स्थानयीको सुनुवाइ नभएपछि बाध्यतावस क्षतिपूर्तिका लागि निवेदन दर्ता गरेका हौँ नेपाली काँग्रेसका नेता गोपाल गुरुङले भन्नुभयो ।
हालसम्म हात्तीको झुन्डले बाइसेविचवा, शङ्करपुर क्षेत्रका करिब ३०० कृषकका खेतमा लगाइएको धानबाली खाएर नोक्सानी गरिसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया