कमलाको छम्मा छम्मा हेरेपछि के भनिन् रेखा थापाले ?

इनेप्लिज २०७२ कार्तिक ३ गते १५:३७ मा प्रकाशित

kamala11लक्ष्मी काफ्ले/झापा

झापाली कलाकार कमला सापकोटा बहुप्रतिभाशाली छिन् । उनमा अनेक कला छ । कमला गीत गाउन, अभिनय गर्न र नाच्नमा खप्पिस छिन् ।

पाँच फिट पाँच ईन्च हाईट भएकी कमलाले गत वर्ष ड्रिम बेली नामक एल्बम बजारमा ल्याइन् । ड्रिम बेलीले उनलाई देशका विभिन्न स्थानमा मात्र होइन, विदेशसम्म पनि पुर्यायो । उनी गायनतर्फ सङ्घर्ष गरिरहेकी छिन् । ‘ड्रिम बेली’मा कमलाले निकै कम्मर मर्काएकी छिन् ।

युट्युवमा उनको ‘क्यान्डिल डान्स’ हेर्न सकिन्छ । झापाको गरामनीमा जन्मे–हुर्केकी कमला हाल काठमाडौँमा बस्दै आएकी छिन् । ‘ड्रिम बेली’ कै अर्को गीत उनले भर्खरै रिलिज गरेकी छिन् । आइतबार रिलिज भएको ‘छम्मा–छम्मा’ बोलको गीतमा कमलाको क्यान्डिल डान्स देख्न सकिन्छ । उनले टाउकोमा क्यान्डिल बालेर नाचेकी छिन् । यो गीतमा शब्द, सङ्गीत, स्वर कमलाको आफ्नै हो ।

‘छम्मा–छम्मा’ लाई नेपालकी चर्चित नायिका रेखा थापाले पनि मन पराईन् । भिडियो हेरेपछि रेखाले कमलाको कमेन्ट बक्समा ‘नाइस सङ्, एण्ड यू लुक्स् सो सेक्सी’ लेखेकी छिन् । दसैँपछि कमलासँग रेखाले डान्स सिक्ने बुझिएको छ ।

कमलाले करिब अढाई बर्ष बेली डान्सको प्रशिक्षण विदेशमा लिएकी थिईन् । त्यसपछि बेली डान्समा उनको माग ह्वात्तै बढ्यो । कमला अभिनयमा पनि औधि रुची राख्छिन् । उनले म्युजिक भिडियो समेत निर्देशन गरिसकेकी छिन् ।

प्रतिक्रिया