करिस्मा सास्कृतीक साँझ २०१५,

इनेप्लिज २०७२ कार्तिक ३ गते १:०२ मा प्रकाशित
Meenakshi1015
हर्वड, एल, कोलम्वीया, कोर्नेल, र अन्य अमेरिकी विश्वविद्यालयका विद्यार्थीहरूले नेपालका भुकम्पपिडितलाई सम्झिए ।
अमेरिकाको हार्डवड विश्वविद्यालयमा अध्ययनरत भारतीयमुलकी अमेरिकी नागरिक मिनाक्षीकृणाले यही २४ अक्टोबर २०१५ का दिन न्युर्योक सहरको लंगआईल्याण्डस्थि चर्चहलमा एचडिएनपी ईन्टरनेशन टेक्सास मार्फत नेपालका भुकम्पपिडीतलाई सहायता र सेण्टजुड रिसर्च अस्पतालले सञ्चालन गरेको बालबालिकाको क्यान्सर रिसर्च र अनुसन्धानका सहायताका लागि करिस्मा २०१५ नामक विविध सास्कृतीक कार्यक्रमको आयोजना गरिन। यो कार्यक्रमबाट दाताहरुबाट उठेको करिब २० हजार डलरबाट खर्च कटाई बाकी रहेको रकम दाताहरुले ईच्छाएको संस्थलाई दिइने छ।
Meenakshi015
भारतीय भांगरा, गर्वा, सास्त्रीय नृत्य, वलीऊड, चाईनिज, अमेरिकन जाज हिपहप र वसन्त डान्ससेण्टरका विजय नकर्मीद्धारा निदेर्शीत सामूहिक नेपाली लोक नृत्य लगायतका विविध क्षेत्रका सास्कृतीक महत्व दर्साऊने उत्कृष्ट साङ्गीतिक कार्यक्रम पस्कीएको थियो। कार्यक्रममा अमेरिकाका नाम चलेका विश्वविद्यालयहरु एल, कोलोम्वीया, कोर्णेल, स्टोनीबु्र्क, पेन, एनवाईआईटी, डेक्सल, हिरिक्स हाईस्कुल लगायतमा अध्ययनरत १०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो। कार्यक्रमलाई सफल बनाउन मिनाक्षीकृष्णाका पिता प्रोफेसर एवं वकिल अखिलेशकृष्ण, आमा डा. कल्पना जैन, अनि कार्यक्रममा कलाकारको रूपमा सहभागी रहेका विद्यार्थीहरुका आमाबाबु र आफन्तहरु अनि दर्शकहरुको ३०० भन्दा बढीको उपस्थिति रहेको थियो।
मिनाक्षीकृष्णाले हाईस्कुलमा अध्ययनरत रहदाको अवस्था अर्थात् विगत ६ वर्षभन्दा अगाडी देखि नै नेपालका बालबालिकाको स्कुल भवन र शिक्षाको लागि सास्कृतीक कार्यक्रम, आर्टसो, अनि केक आदि बेचेर सहयोग गर्दै आईरहेकी छन्। २०१२ देखि मिनाक्षीले हार्डवड र अन्य विश्वविद्यालयमा अध्ययनरत साथीहरूलाई समेत सहभागी बनाएकी छन् यो करिस्मामा। ऊनी भन्छीन यस्को उदेस्य भनेको सङ्गीत र कलाको माध्यमबाट आर्थिक सङ्कलन गरी शिक्षा र मानवीय सेवामा लागाऊने अनि अमेरिकाको उत्तरी क्षेत्रमा रहेका दक्षिण एसियाका उत्कृष्ट कलाकारहरुलाई एउटा थलोमा ल्याएर आफनो कलाको पर्दशन गर्ने अवसर जुटाऊने।
मिनाक्षीकृष्णाले यो वर्ष देवी आर्चाय संस्थापक प्रमुख रहेको टेक्सासको डालास स्थित अमेरिकी सरकारको अर्थ विभागबाट नटफर प्रफिट संस्थाको रूपमा कर छुटको सुविधा पाएको संस्था एचडिएनपि ईन्टरनेशनलाइ समेत उठेको रकम उपलब्ध गराउने भएकी छन्। यो संस्थाले  नेपालमा हालै आएको भूकम्पबाट पीडित भएका व्यक्तिहरूलाई अमेरिकाबाट सकेको राहात पुरयाऊदै आएको छ भने टेक्सास, डालासमा नियमित रूपबाट घरवारविहिनहरुलाई निःशुल्क भोजन अनि वल्ड ड्राईभको काम पनि गरिरहेको छ। त्यस्तै उन्ले सहयोग गर्दै आएको अर्को संस्था सेण्ट जुड चिल्ड्र्ेन रिसर्च हस्पिटलले हो। जुन बालबालिकाको स्वास्थको क्षेत्रमा कार्यरत अमेरिकाको परोपकारी संस्था हो। यस्ले प्रदान गर्ने सेवाबाट करोडौ गरिब बालबालीकाहरुले आफनो जीवन पाएका छन्।
मिनाक्षीकृष्णाले यो भन्दा अगाडी हिमालयन फाउण्डेशन नेपाल र भक्तपुर सानोठिमी स्थित युसेप अर्थात् सुविधाविहिन बालवालीकाहरुका लागि निःशुल्क शिक्षा र शिपमुलक तालिम प्रदान गर्ने संस्थालाई करिस्माबाट उठेको रकम पठाएकी थिइन। मिनाक्षीकृष्णाले यस्तो कार्यक्रम अर्कोबर्ष पनि गर्ने र प्राप्त भएको सहयोग नेपालको शिक्षा र मानवीय सेवाका लागि दिने बचन दिएकी छन्। उन्को कार्यक्रममा नेपालीहरूको सहभागिता न्यून रूपबाट रहने गरेकोमा गुनासो पोखेपनि आफना पिताका नेपाली मित्र एवं एचडिएनपीका अध्यक्ष एर्टनी एट ल विनोद रोकाबाट पाएको सहयोग, वसन्त डान्स सेन्टरका नृत्य निर्देशक विजय नकर्मीका नेपाली चेलीहरुको नृत्य, १९७४ का फिरोज, राज, प्रज्वलको सांगितक प्रस्तुति अनि नेपाली विज्ञापनदाता, र पत्रकारहरुको सहयोगले भने आफूलाई सन्तोष लागेको र उहाहरुलाई धन्यवाद दिन चाहान्छु भनिन। ऊनले गरेको यो सास्कृतीक कार्यक्रमको हार्वड विश्वविद्यालयको हार्वड क्रिमसम पत्रिकाले पनि प्राथमिकताका साथ मिनाक्षीकृष्णा र उन्का साथीहरूले गरेको कार्यको समाचार प्रकाशित गरेको छ।

प्रतिक्रिया