बेलायतको वाट्फोर्डमा दशैं कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ कार्तिक १ गते १२:३४ मा प्रकाशित

053

१७ अक्टोबर, लन्डन
‘वाट्फोर्ड नेप्लिज कम्युनिटी’को आयोजनामा बेलायतको वाट्फोर्ड सहरमा दशैंको शुभकामना आदानप्रदान कार्यक्रमको सम्पन्न भएको छ । स्थानिय कलाकारहरुका नेपाली गीत र नृत्य सहितको उक्त थुप्रै नेपालीहरुको उपस्थिति थियो । नेपाली पहिरन लगाएर आएका सहभागीहरुले वर्ष दिनमा एकपटक आउने नेपालीहरुको चाड दशैं हर्षोल्लाससाथ मनाए ।

078
कार्यक्रमका प्रमुख अतिथि नेपालबाट आउनु भएका समाजसेवी भूमिजंग केसीले विदेशमा नेपालीहरुले सामूहिकरुपमा दशैंको कार्यक्रम मनाएको देख्दा आफूलाई खुशी लागेको बताउँदै विदेशमा नेपालीहरुको एकता मजबुत होस् भन्नु भयो ।
संस्थाका महासचिव विष्णु पन्तले हरेक वर्ष आयोजना गरिने दशैं, नयाँ वर्ष, तीज जस्ता कार्यक्रमले हाम्रा नयाँ पुस्तालाई नेपाली संस्कृति चिनाउन मद्दत पुर्याएको कुरा बताउनु भयो । यस्ता कार्यक्रमले नेपालीहरुलाई एकताको सुत्रमा बाँध्छ उहाँले भन्नु भयो ।
संस्थाका अध्यक्ष मुकुन्द गुरुङले हामी जुनसुकै जातजाति र सम्प्रदायको भए पनि यो नेपालीहरुको चाड हो । दशैंको यो कार्यक्रमले विदेशमा रहेका हामी नेपालीहरुलाई भावनात्मकरुपमा जोड्ने कार्य गरेको छ भन्नु भयो ।
संस्थाका उपाध्यक्ष अमर गुरुङले संचालन गर्नु भएको उक्त कार्यक्रममा संजय पन्त, कृष्ण तिवारी, सागर शिलवाल लगायतका वक्ताहरुले आआफ्नो विचार राख्नु भएको थियो ।

120
कार्यक्रममा नेपाली मिष्ठान्न भोजन पश्चात सामूहिक नेपाली नृत्य ‘डान्स पार्टी’ राती अबेरसम्म चलेको थियो ।

प्रतिक्रिया