एमाले स्थायी कमिटी बैठक: छलफल भए पनि मन्त्री तोकिएन

इनेप्लिज २०७२ कार्तिक १ गते १०:३२ मा प्रकाशित

काठमाडौँ, १ कात्तिक । नेकपा (एमाले)को आजको स्थायी कमिटीमा मन्त्रिमण्डल विस्तारबारे छलफल भएपनि पार्टीका तर्फबाट थपिने मन्त्रीबारे निर्णय भएन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागी हुने अन्य दलका लागि मन्त्रालय वितरणमा सहमति भइसकेपछि त्यसबारेमा निर्णय हुने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

आज एमाओवादी र अन्य केही दलका तर्फबाट मन्त्रीहरु नियुक्त हुनेछन् ।

प्रतिक्रिया