नेपाली जनप्रगतिशिल युएई द्वारा शुभकाना आदान प्रदान तथा बिदाई कार्यक्रम सम्पन्न।

इनेप्लिज २०७२ असोज ३० गते १४:३८ मा प्रकाशित

12165854_1483882358583407_1670609980_nनिमकान्त पाण्डे अक्टोबर १७ , बुरदुबई। नेपाली जनप्रगतिशील मंच युएई ले संगठनका पुर्ब सचिब तथा पाटि जिल्ला सदस्य बिनोद लामिछाने लाई सुक्रबार बरदुबईको सिन्धी पन्जाब रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना सहित औपचारिक रुपमा बिदाई गरेको छ ।

बिजया दशमीको उपलक्ष्यमा आयोजित शुभ कामना आदान प्रदान तथा चियापान कार्यक्रममा केन्दिय तथा क्षेत्रीय प्रतिनिधिहरुको उपस्थित रहेको थियो।
लामिछाने ले संगठन प्रति पुर्याउनु भएको उच्च योगदानको कदर गर्दै आफ्नो अध्यनलाई निरन्तरता दिनका लागि साथै पार्टीलाई योगदानका निम्ति प्रबासको बसाईलाई बिटमार्दै मातृभूमि जान लाग्नु भएको ले कमरेडलाई बिदा गर्न पाउदा दुख भन्दा पनि आफुलाई खुसीको अनुभूति भएको भन्दै मंचका पुर्ब अध्यक्ष तथा अधिबेसन संयोजक हेमन्त पौडेल ले बिदाई कार्यक्रम मार्फत सम्मान-पत्र सहित खादा ओडाएर स-सम्मान बिदाई गरेका थिए।

12166251_10208019489424208_840209749_n
शुभ-कामना तथा बिदाई कार्यक्रममा टिका दत्त सिवा,सुरेस ढकाल , पुष्प कार्की,धर्म ढकाल,निमकान्त पाण्डे सुभकामना सहित बिदाई मन्तब्य राखेका थिए भने दुबई क्षेत्रीय कमिटिका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।
दुबई क्षेत्रीय समितिका अध्यक्ष समसुल हक (मुन्ना) को अध्यक्षतामा गरिएको उक्त कार्यक्रमलाई पुर्ब महासचिब बाबुराम बिश्वकर्मा ले संचालन गर्नु भएको थियो।

12168107_10208019490344231_377662040_n

प्रतिक्रिया