NST “दशैँ सांस्कृतिक साँझ” आज साँझ ७ बजे, तयारी भब्य !

इनेप्लिज २०७२ असोज ३० गते १४:२४ मा प्रकाशित
12141778_10156207140450523_4283386037208276096_nनेपाली समाज टेक्सासको (NST) आयोजनामा ‘बडा दशै २०७२’ को शुभ उपलक्ष्यमा आज साँझ (अक्टोबर १७ शनिवार) का दिन टेक्सास को डालस मा “दशैँ सांस्कृतिक साँझ” भव्य कार्यक्रम को आयोजना गरिदैछ ।
 
नेपाली समाज टेक्सासका महासचिव विजयराज भट्टराईले प्रेषित गर्नु भएको इमेल जानकारी अनुसार कार्यक्रम मा जितु नेपाल (मुन्द्रे), शीला आले, बद्री पंगेनी, निरु खड्का, मनोज ढकाल तथा केहि स्थानीय कलाकारहरु को प्रस्तुति रहने छ। भट्टराई का अनुसार ३ घण्टा १५ मिनेट को स्टेज कार्यक्रम रहनेछ जसमा ३० मिनेट मात्र NSTतथा स्थानीय कार्यक्रम रहेको छ। 
दशैँ लाई नेपाल कै सम्झना आउने गरि मनाउन खसी को मासु सहित झन्डै १० परिकारका खाना रहेको दशैँ भोजको आयोजना पनि गरिएको छ र कार्यक्रम कै टिकट बाटै डिनर निशुल्क ब्यबस्थापन गरिएको जानकारी इभेन्ट की यमुना भट्टराई ले दिनुभयो।
टेक्सास डल्लास को Irving Exhibition Hall (नमस्ते इंडिया अर्भिंग १८३ हाइवे शपिंग कम्प्लेक्स संगै) 535  W. Airport Freeway, Irving, TX – 75062 मा रहेको १००० क्षमता को हलमा कार्यक्रम हुने जानकारी प्रोग्राम भिपी तारा भुषाल ले दिनुभयो। साथै कार्यक्रम साँझ ७:०० बजे शुरु गर्ने तयारी आयोजकहरु बाट गरिएको जानकारी आयोजकले जनाएको छ।
Capture
कार्यक्रम प्रवेश को निमित्त १० बर्ष मुनिका लाई निशुल्क, ११ बर्ष देखि १५ बर्ष सम्मका लाई $१० तथा १६ बर्ष देखि माथि सबैलाई $२० रहेको जनाइएको छ।  हिमालय खबर कार्यक्रम को सफलताको कामना गर्दै सबैमा बिजय दशमी को शुभकामना ब्यक्त गर्दछ। 

प्रतिक्रिया