नुवाकोट अमेरिका समाज गठन, समाज को संयोजकमा बोहोरा

इनेप्लिज २०७२ असोज २७ गते २३:४२ मा प्रकाशित

index

नुवाकोटबाट अमेरिकामा रहेर विभिन्न पेशा र व्यवसायमा संलग्न अमेरिकाबासी नुवाकोटका दाजुभाई तथा दिदीबहिनीहरु एउटै छातामुनि गोलबद्ध भएका छन् ।

नुवाकोटबाट अमेरिकाका विभिन्न राज्यमा पुगेर बसोबास गर्दै आएका अमेरिकावासी नेपालीहरु आफ्नो हक अधिकार सुनिश्चित गर्न तथा आफ्नो जिल्ला का विभिन्न भागमा रहेका आमाबुवा, दाजुभाई, दिदी बहिनीको खुसीमा रमाउन अनि दुःखरुपी घाउ मा महलम लगाउनका लागि गत सोमबार कम्फरेन्स कलमार्फत विभिन्न राज्यमा पुगेका नुवाकोटबासीहरुसँग छलफल र कुराकानी गरी नुवाकोट अमेरिका समाज गठन भएको हो ।

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आईरहेका नुवाकोटका दिदीबहिनी तथा दाजुभाईहरुमा आत्मीय सम्बन्ध, भाइचारा र सदभाव कायम गर्ने उद्देश्यले उक्त समिति गठन गरिएको हो । अहिले गठन गरिएको सो तदर्थ समितिलाई अमेरिकी कानुन अनुसार दर्ता प्रक्रियामा लैजाने र चाँडै नै सम्मेलन गर्ने तयारी पनि भईरहेको छ । सो समितिका अनुसार निकट भविष्यमै अमेरिकाको टेक्सासमा सम्मेलन गर्ने तयारी भईरहेको छ ।

नवगठित समाजको संयोजकमा पुरुषोत्तम बोहोरा रहनु भएको छ भने सदस्यहरुमा मधुसुदन भण्डारी, अच्युत सिग्देल, बिरोचन नेपाल, दिनेश पाण्डे, एकराज पाण्डे, रामकृष्ण भट्ट, रामबाबु पाण्डे, रामचन्द्र भट्ट, कृष्ण भण्डारी, शंकर पाण्डे रहनु भएको छ । यस्तै बिष्णु भण्डारी, अमृत सापकोटा, सुजन पण्डित, किशोर पण्डित, राजेन्द्र केसी, दधि ढुंगाना, कृष्ण कुसुम, रविन्द्र अर्याल, राजन ओझा, सुदर्शन धिताल, श्यामलाल श्रेष्ठ, कृष्ण लोहनी र किरणदेव पाण्डे पनि समाजका सदस्य रहनु भएको छ ।

यस्तै समाजको सल्लाहकारहरुमा बासु भण्डारी, कपिल अधिकारी, धनञ्जयनरसिंह केसी, बिष्णुमान प्रधान, उत्तम लामिछाने, जनक अधिकारी, गोकर्ण दाहाल, बुद्धिमान तामाङ, दिवाकर महत, बिष्णुमणि आचार्य र जनार्दन अधिकारी रहनु भएको छ ।

अमेरिकामा बसोबास गर्दै आईरहनु भएका नुवाकोटका दाजुभाई तथा दिदीबहिनीहरु अमेरिकामा आफ्नो पेशा र व्यवसायमा संलग्न भए पनि बेलाबखतमा विभिन्न सामाजिक कार्यमा पनि निकै अगाडि देखिएका छन् । उनीहरुले नेपालमा गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पका बेलामा पनि नुवाकोटका विभिन्न स्थानमा आर्थिक तथा अन्य सहयोग गरेका थिए ।

प्रतिक्रिया