स्थानीयवासीले निर्माण गरेको मन्दिरको उद्घाटन

इनेप्लिज २०७२ असोज २७ गते ४:२५ मा प्रकाशित

सुरुङ्गा (झापा), २७ असोज । झापाको बिर्तामोड–१ स्थित जगतबस्तीका स्थानीयवासीले निर्माण गरेको दुर्गाको मन्दिरको हिजो यहाँ उद्घाटन गरियो ।

समाजमा धार्मिक सहिष्णुता कायम गराउन सहज होस् र पाठ पूजाका लागि अन्यत्र जानु नपरोस् भन्दै स्थानीयवासीले स्वतःस्फूर्त रुपमा मन्दिर निर्माणका लागि सहयोग गरेको मन्दिर निर्माण समितिका अध्यक्ष लव बस्नेतले बताउनुभयो ।

दाताकै सहयोगमा करिब रु १२ लाख ५० हजारको लागतमा निर्माण गरिएको मन्दिरको उद्घाटन समाजसेवी १०५ वर्षीय लक्ष्मण बस्नेतले गर्नुभयो । सम्पूर्ण धर्म र सम्प्रदायका स्थानीयवासीको सहयोगमा निर्मित मन्दिर विजयादशमीको अवसर पारेर उद्घाटन गरिएको हो ।

प्रतिक्रिया